0 COMMENTS

गुण्डा नाइके दिपक मनाङ्गेलाई महानगरिय प्रहरी परिसर काठमाडौंले संगठित अपराधमा मुद्दा चलाउन लागेपछि समकक्षी डन मिलन चक्रे भने भूमिगत भएका छन् ।

राजधानीमा गुण्डार्दी, अपहरण, चन्दा आतंकलगायतका गतिविधि गर्दै आएका मनाङ्गे प्रहरी हिरासतमा रहेका बेला चक्रे भूमिगत हुनुलाई गुण्डा सर्कलमा रहस्यमय मानिएको छ ।

एक प्रहरी अधिकारीका अनुसार मनाङ्गे खोरमा पर्नु र चक्रेविरुद्ध अपराध महाशाखामा उजुरी पर्नुलाई संयोग मात्र मानिएको छैन, यसको रहस्य बेग्लै रहेको छ ।केही ठेकेदारहरुले अपराध महाशाखामा लिखित र मौखिक उजुरी गरेपछि चक्रे भूमिगत भएको बताइएको छ ।

गैरकानुनी गतिविधि गर्दै आएका चक्रेले दुःख दिएको भन्दै उनीहरुले प्रहरी सक्षम उजुरी दिएको महाशाखा स्रोत बताउँछ । मनाङ्गे काठमाडौंको ठमेलमा पक्राउ परेका थिए ।स्रोतका अनुसार प्रहरी इन्काउन्टरमा पर्ने डरले दीपक मनाङ्गेलाई केही प्रहरी उच्च अधिकारीहरूले नै बचाउनका लागि मिलोमतोमा पक्राउ गरेका हुन् ।

ठमेलका व्यवसायीसँग पैसा उठाउनेलगायतका गतिविधि गर्दै आएका मनाङ्गेले अनुसन्धान गर्ने प्रहरीलाई पनि उस्तै व्यवहार देखाउने गरेको एक प्रहरीले जनाए ।पछिल्लो समय एक सय किलो भन्दा बढि सुन तस्करीमा मुछिएका मनाङ्गेलाई महाशाखाले अनुसन्धान गर्न लागेको बेला परिसरले पक्राउ गरी संगठित अपराधमा मुद्दा चलाउन लागेको हो ।यद्यपि परिसरका एसएसपी विक्रमसिंह थापाले भने मनाङ्गे सुन तस्करीमा मुछिएको बारेमा खासै जानकारी नभएको बताए ।

मनाङ्गेले सुन ल्याउने गाडीका चालकलाई समेत बेपत्ता बनाएपछि महाशाखाले उनीमाथि अनुसन्धान गर्न लागेको थियो ।मनाङ्गे खोरमा परेका बेला चक्रेले ठेकेदारहरूबाट धमाधम पैसा असुल्ने र नदिनेलाई धम्क्याउन थालेपछि ठेकेदारहरु प्रहरीमा पुगेका हुन् । चक्रे भूमिगत भएपछि तेस्रो नम्बरका काभ्रेली समूहका डन गणेश लामा पनि बाहिर त्यति देखिदैनन् ।
महाशाखा स्रोतका अनुसार यतिखेर गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ का सहयोगी शान्ता महर्जन, प्रतिक हवल्दार, काभ्रेली समूहका दावा लामा, सञ्जिव लामा, ललितपुरका डन मीनकृष्ण महर्जन, चक्रेका सहयोगी दीपक तालुहरुको जगजगी बढेपछि प्रहरीले यि गुण्डाहरुलाई पनि गोप्य रुपमा निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।