0 COMMENTS

gangamayaसाउन – २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले पुनः आमरण अनशन सुरु गरेकी छन् । सशस्त्र द्वन्द्वताका गोरखा फुजेलमा भएको कृष्णप्रसाद अधिकारी हत्याका आरोपी छविलाल पौडेलमाथि कारबाही माग गर्दै बिहीबारबाट वीर अस्पतालमा पत्रकार सम्मेलन गरी उनले आफूले कि न्याय प्राप्त गरेर सहज जीवनयापन गर्ने कि मरेर जाने अन्तिम निर्णयमा पुगेको बताउदै अामरण अनशन बसेकी हुन् ।

सर्वोच्च अदालतले आरोपी छविलाल  पौडेललाई हिरासतमा पुर्पक्षमा राखेर कारबाही गर्ने फैसला गरेको थियो । सो फैसला कार्यान्वयन हुन सकेको थिएन् । गंगामायाले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने लगत्तै आफ्ना माग पूरा नभए आमरण अनशन बस्ने चेतावनी दिएको थिइन ।

अधिकारी दम्पती न्याय माग्दै अनशनमा बसेका बेला नन्दप्रसादको मृत्यु भएको थियो । उनको अहिलेसम्म दाहसंस्कार हुन सकेको छैन । नेपालको इतिहासमा नन्दप्रसादको मृत्यु नै पहिलो घटना हो, जुन न्यायको खोजीमा तीन सय ३२ दिन अनशन बसेर प्राणान्त भएको थियो ।

गंगामायाले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, एमालेका अध्यक्ष केपी ओली र न्यायालयका पदाधिकारी सबैले आफ्नो मागलाई सुनोनसुनो गरेको आरोप लगाइन् । उनले अव जो कोही आए पनि आफूले आमरण अनशन नतोड्ने चेतावनी दिएकी छन् ।

उनले छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पशुराम पौडेललगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको भए पनि हालसम्म उक्त मुद्दाको कुनै सुनुवाई भएको छैन । सर्वोच्च अदालतको आदेशमा आरोपी भीमसेन पौडेल र पशुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन (एमाओवादी) नेताको विरोध र धम्कीका कारण उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

माओवादीले चितवनमा २०६१ साल जेठ २४ गते आफ्नो कान्छो छोरा १७ वर्षीय कृष्णप्रसादको अपहरणपछि हत्या गरेको दाबीसहित हत्यारालाई कारबाही माग राखेर अधिकारी दम्पती यसअघि पनि पटकपटक अनशन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।