0 COMMENTS

tai२६ साउन धादिङ – पाँचौं दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ । भारतको बैंग्लोरमा भएको खेलमा नेपालले कुल १२ पदक हात पार्दै प्रतियोगितामा दोस्रो स्थानमा रह्यो ।

नेपालले चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक हात पारेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका उपाध्यक्ष तथा नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले जानकारी दिए । नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पूजा खुलाल मगर र वीरेन्द्र कुँवरले समान एक–एक स्वर्णपदक हात पारे ।

सोनीले प्याट्रन र फाइट दुवै विधामा स्वर्ण जितिन् । महिलातर्फ ब्लाक बेल्ट तेस्रो डानको प्याट्रन र फाइटको ४७ केजीमुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । प्याट्रनमा सोनीले भारतीय खेलाडी इलिना घोसलाई हराउँदै नेपाललाई स्वर्ण दिलाइन् ।

फाइटतर्फबाट पुजाले ९४७–५२० र वीरेन्द्रले ९४७–५२० तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसैगरी फाइटमै आशिष कार्की, मनोज खड्का, दीपक गौतम र सुवास आलेमगरले रजत पदक जितेका छन् । प्याट्रनको पहिलो डानमा पूजा खुलाल मगरले रजत पदक जितिन् । आशिष कार्कीले तेस्रो डानको प्याट्रनमा पनि रजत पदकमा हात पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।