0 COMMENTS

काठमाडौं, २६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुँदाहुँदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसँगै कक्षामा सहभागी भए ।

तर, ती मापसे गरेर सवारी चलाएर नियम उल्लघंनकर्ता चालक हैन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल थिए जो ट्राफिक महाशाखाको गतिविधीको छड्के निगरानीका लागी आएका थिए ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोको छड्के निगरानीमा गएका अर्याल मंगलबार रामशाहपथमा रहेको ट्राफिक महाशाखाको गतिविधी हेर्न कार्यालयमा पुगेका थिए ।
कक्षामा सहभागी हुँदाहुँदै उनले त्यहाँ सहभागीको गुनासो सुनेका थिए । आइजीसँगै सहभागी एक प्रहरी अधिकारीका अनुसार अधिकांशले मापसेमाथिको कारवाहीको मापदण्ड तोक्न माग गरेका थिए ।
मापसे कक्षापछी महाशाखामा आएका सेवाग्रहीसँग उनले कुराकानी गरे । महाननिरिक्षकलाई सेवाग्रहीले ट्राफिक जरिवानावापतको पैसा बुझाउन लाइन लामो हुँदा समय लाग्ने गरेको, लाइसेन्स,ब्लुबुक खोज्न धेरै समय लाग्ने गुनासो सुनाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।