0 COMMENTS

fewatalपोखरा, २५ साउन /पोखराको फेवाताला सोमबार डुंगा डुबेर वेपत्ता दुई जनाको मंगलबार बिहान देखी नै खोजी कार्य सुरु भएको छ । डुंगा डुब्दा काठमाडौ चक्रपथका १९ वर्षिय प्रतिक श्रेष्ठ र काठमाडौ बसुन्धराका २३ वर्षिय एलिन केसी बेपत्ता छन् ।

फेवातालमा गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको वडा प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए । उनले विहान देखी नै सबै टोली मिलेर डुंगा डुबेको स्थान र वरपर खोजी गरी रहेको बताए । डुंगामा सवारमध्ये ६ जनाको उद्धार भएको थियो ।

हराएका दुई जना केहि दिन पहिले एकजना जापान र अर्को एकजना अष्टेलीयाबाट नेपाल आएका थिए । उनीहरु अन्य पाँच जना साथी सहित पोखरा घुम्नका लागि आएका थिए । फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा साझँ किरब ५ बजे तिर डुंगा दुर्घटनामा परेको थियो । डुंगाको क्षेमता भन्दा बढि यात्रु चढ्नु, लाईफ ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुघंटनामा परि काठमाडौका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, हेटौडाका विदुर धिताल, पोखरा ६ लेकसाइडकी डुंगा चालक गंगा बस्नेतको उद्धार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।