0 COMMENTS

chanakजीवनको सबैभन्दा महत्वपूर्ण निर्णय मध्येको एक हो, विवाह। मानिसले सुख र सहकार्यको लागि विवाह गर्छन्। प्रत्येक पुरुष र महिलाले सबैभन्दा बढी पर्खेको क्षण पनि हो विवाह। तर पुरुषले कस्तो महिला विवाह गर्न उचित हुन्न? चाणक्य नीति भन्छ यी महिला विवाह नगर्नु

१.चतुरता भन्दा सुन्दरतालाई बढी महत्व दिने महिला

सुखी हुन सुन्दर पत्नी काफि छैन। जीवनका कठिन क्षणबाट गुज्रन संगसंगै चतुरता र तर्क गर्न सक्ने महिला जीवनसाथीको आवश्यकता पर्दछ। चाणक्य नीति भन्छ, बाहिरी सुन्दरता हेरेर विवाह नगर्नु।

२.पारिवारिक पृष्ठभुमी

यदि केटीको पारिवारीक पृष्ठभुमी राम्रो छैन। अर्थात परिवारले प्रेम, आस्था र परिश्रमको मूल्य सिकाएका छैनन, वा महिलामा यी गुण छैन भने त्यस्तो महिलालाई विवाह नगर्नु। चाणक्य नीति भन्छ, यदि महिला सुन्दर हुँदा हुँदै पनि रुखो अनि असभ्य भए पुरुषले विवाह नगर्नु।

३.झूठो बोल्ने महिला

सत्य लुक्दैन, झूठो टिक्दैन। झूठो बोल्न न त महिला सहि हुन्छन् न त झूठो बोल्ने पुरुष नै सफल हुन्छन्। चाणक्य नीति भन्छ झूठो बोल्ने महिला विवाह नगर्नु।

४.परपुरुषसंग रमाउने महिला

परस्त्रीसंग रमाउने पुरुष परिवारको लागि जति घातक हुन्छन् परपुरुषसंग रमाउने महिना त्यति नै डरलाग्दा हुन्छन्। यस्तो अवसरवादी गुण भएका महिलाबाट टाढै बस्नु । चाणक्य निती भन्छ धेरै केटासाथी बनाउन मनपराउने केटीसंग विवाह नगर्नु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?