0 COMMENTS

Sarbendra Khanalसाउन,२५ काठमाडौं ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्ट्याटस पोस्ट गरेकी थिइन् ।
प्रहरीका अनुसार स्ट्याटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्ट्याटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन् ।
उनको स्ट्याटस पढेपछि परिवार निकै चिन्तित बन्यो । उनको परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो । ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सवेन्द्र खनाललाई बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए ।

कपिलवस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहिनी सो घटनापछि निकै तनाबमा थिए । उनको आमाको मोबाइलमा भारतीय नम्बरबाट मिसकल आएको थियो । स्ट्याटस पोस्ट गरेलगत्तै मोबाइल स्विच अफ गरेपछि आमा तनाबमा परेकी हुन् । आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए ।
स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो । खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।