0 COMMENTS

काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच अाज (साउन २५ गते) हुने भनिएको एकता घोषणा कार्यक्रम भाँडिने भएको छ ।

सोमबार बसेको राप्रपा केन्द्रीय समिति बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जित नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि एकता प्रक्रिया पर सर्ने भएको हो ।

पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिए ।

दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको ठहर बैठकले गरेको छ । बैठकले एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।