0 COMMENTS

साउन – २३ । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।

सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ ।

डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इन्टस्थित निवासमा हिँडिरहेका बेला छातीमा गोली हानिएको थियो ।

गोली लागि घाइते भएका चिकित्सक लखवानीलाई तत्कालै अब्वासी सहिद अस्पताल पुर्याइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि अगाखान युनिभर्सिटी अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । रासस÷पिटिआई

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।