परिचयः
अंरेजीनाम- युट्रेसम विड ,
बैज्ञानीक- नाम इलिकाेकार्पस स्फिरिकस,
सस्कृत नाम-नीताकंटाक्ष,पावन,भुतनासक,
स्थानीय नाम-रूद्राक्ष,
हिन्दि नाम-रूद्राक्षी, बंश-रूद्राक्ष हाे ।
यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । नेपालको पूर्वी भाग खासगरी अरुण उपत्यका क्षेत्रमा दाना पनि भनिन्छ ।यस्काे रूख मझाैला अाकारकाे कालाे खैराे र काठ सेताे हुन्छ ।पातकाे कीनारामा दाती नीस्कियकाे हुन्छ दाना लाग्नु अगाडी यस्काे फुल मसीनाे सेताे कलरकाे फुल्छ ।फल पाके पछि कलेजी नीलाे कलरकाे हुन्छ, रुद्राक्ष एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख ,आकार र विभिन्न नापका दानाहरु पल्दछन् । यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन् ।त्यही रेखालाई मुख भनिन्छ ।जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ ।विभिन्न पौराणिक पुस्तकहरुमा एक देखी १४ मुखे सम्मका रुद्राक्ष पाइन्छ भनिएको भएपनि नेपालमा हालसम्म ३८ मुख सम्मको रुद्राक्ष पाइएको छ ।
यसको मुखको आधारमा धार्मिक, आध्यात्मीक तथा औषधिय र आर्थिक महत्व फरक फरक पर्न जान्छ ।यसरी विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला(दुइ वटा जोडिएको),त्रिपाठ वा त्रिजुटी(तिन वटा जोडिएको) गर्भगौर,सवार जस्ता दानाहरु पाइन्छन् ।यस्ता दानाहरु दुर्लभ र महंगा पनि हुन्छन् ।एक मुखे दानालाई शिवको अवतार मानिन्छ र यसलाई रुद्राक्षको शिरोमणी पनि मानिन्छ ।विभिन्न रुखमा फलेका दानाहरुबाट एकै रङ र साइजका छानेर माला बनाइन्छ ।रुद्राक्षका १०८ वटा दानाहरुबाट बनाएको मालालाई पूर्णमाला,५४ वटाबाट बनाइएकोलाइ अर्धमाला र २७ वटाबाट बनाईएकोलाई नक्षत्रमाला भनिन्छ ।यस्ता मालाको केन्द्रमा एउटा अलि ठूलो दाना राखिएको हुन्छ ।यसलाई सुमेरुदाना भनिन्छ ।२१ मुखे दानालाई सुमेरु बनाइ तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ ।जप गर्दा गणना गरिने मन्त्रका लागि यी मालाहरुको प्रयोग गरिन्छ ।
रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्नने र मानिस र देवता जोड्ने पवित्र साधनका रुपमा लिइन्छ ।रूद्राक्ष बृक्षकाे उत्पतीकाे बारे भन्नु पर्दा सत्ययुगमा एक पटक भगवान शिब तपस्यामा लीन हुदा उहालाइ डरकाे अनुभुती भए छ र सारा लाेक कल्याणकारी भावनाले गर्दा एक्कासी भगवान शिवकाे अाखाँ बाट अासुका थाेपा खसेर बीभीन्न स्थान हरूमा छरीन पुगे छन त्यसकाे फलस्वरूप यसै अासुकाे थापा बाट रूद्राक्षकाे उत्पती भएकाे हाे भन्ने कुरा शिव पुराणमा उल्लेखीत भएकाे पाइन्छ र हिन्दु धर्म अनुशार अाफै प्वालपरेकाे रूद्राक्ष तेती राम्राे मानीदैन ।हिन्दु शास्त्र अनुशार रूद्राक्ष धारण गरेर शिबकाे दर्शन गरेमा धर्मप्राप्त हुने कुराकाे जनबिश्वास रहेकाे छ।
एक मुखे रुद्राक्ष :यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
द्विमुखी रुद्राक्ष :सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।
त्रिमुखी रुद्राक्ष :ऐश्वर्य प्रदान गर्ने ।
चतुर्थमुखी रुद्राक्ष :धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
पंचमुखी रुद्राक्ष :सुख प्रदान गर्ने ,सन्तान सुख।
षष्ठमुखी रुद्राक्ष :पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
सप्तमुखी रुद्राक्ष :दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
अष्टमुखी रुद्राक्ष :श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
नवममुखी रुद्राक्ष :भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
दसमुखी रुद्राक्ष :विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
एघार मुखी रुद्राक्ष:भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
बाह्र् मुखी रुद्राक्ष :भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
तेह्र् मुखी रुद्राक्ष :इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
चौध मुखी रुद्राक्ष :हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
औषधीय गुणः रुद्राक्षको दाना र यसका वोक्रामा विभिन्न रोग निको पार्न सक्ने दिव्य औषधीय तत्वहरु रहेको हुन्छन् ।आयुर्वेद अनुसार दानाकोबोक्रा मधुमेह,उच्च तथा निम्न रत्तचाप,अल्सर अगायतका रोगका लागि राम्रो औषधि मानिन्छ ।रुद्राक्ष डुबाएर बनाएको रुद्राक्ष पानी पनि बिभिन्न रोगका लागि उपयोगि मानिन्छ ।खासगरी पेटको रोग,पुरानो घाउहरु,रत्तचाप,मधुमेहका लागि रुद्राक्ष पानी को प्रयोग गरिन्छ ।मानिसको पुराना र निको हुन नसकेको घाउ खटिरामा राम्ररी पाकेको ,नकुहिएको र नमक्काएको सफा र गहकिलो दाना घोटेर यसको लेप बनाएर लगाएमा यस्ता घाउहरु चाडै निको हुन्छन् । त्यसैगरि कुकुर विराला तथा गाइ बस्तुहरुको खुर कुहिने , जोड्नी तथा खुट्टाहरुमा घाउ खटिरा आएमा यसको लेपलगाएर कपडाले बाधिदिए चाडै निको हुन्छ । थेरापी तथा अक्युपञ्चरजन्य प्रयोगका लागि सोफासेट , सवारी साधानका सिटकभर,सिरानी ,तन्या,मेडिटेसन म्याट जस्ता सामानहरु बनाएर समेत प्रयोग गर्न थालीएको छ ।रुद्राक्षको धारण र प्रयोगले मानिसमा आत्मशक्ति बढाउने र दुस्प्रभावहरु हटाउने विश्वास समेत गरिन्छ ।अन्य धेरै खाले रोगको उपचारमा रुद्राक्षको प्रयोग गरिन्छ ।धार्मिक ग्रन्थ,पुराण,विभिन्न पुस्तक,पत्र पत्रिका एवं वेभसाइटहरुमा रुद्राक्षको औषधिको प्रयोग बारे प्रशस्त उल्लेख गरिएको छ ।
खेती : रुद्राक्ष नेपालको तराइदेखि झण्डै १८०० मिटरको उचाईमा पूर्व देखि पश्चिम सम्ममा खेती गर्न सकिन्छ । यसका लागि मट्याइलो , पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ ।यसको बिरुवा वर्षाद याम अर्थात असार देखि असोजसम्म १० मिटरको फरक पारेर रोप्न उपयूक्त मानिन्छ ।नेपालको पूर्वदेखि पश्चिमसम्मको तराइदेखि मध्य पहाडि क्षेत्रमा खेती गर्न सकिने यो नगदेवृक्ष फल दिन थालेपछि पचासौं वर्ष सम्म फल फलिरहन्छ ।यसको रुख २० मिटरसम्म अग्लो हुन्छ ।रुख ४ र ७ मिटर अग्लो भएपछि मुल हांगा वा टुप्पो दुइ पटक काट्न् पर्छ ।जसले गर्दा रुख दह्रो र धेरै फल लाग्ने हुन्छ ।यसको बयस्क रुखबाट ३०० केजी सम्म दाना फल्छ। बैसाक जेठमा क्रिम कलरको बास्नादार फूल फुलि उचाइ र तापक्रम अनुसार असोज देखि माघ सम्ममा फल पाक्दछ ।
व्यापार:
२१ वा सो भन्दा बढि मुख भएका दाना फलेमा एउटै दाना २० लाख भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ ।गोलो,थेप्चो,चिल्लो र खंदिलो जातको दाना फलेमा प्रति केजी २००० भन्दा बढिमा बिक्रि हुन्छ ।२४ ,२५ मिमि भन्दा बढि गोलाईका दानाहरु प्रति गोटा रु १०० भन्दा बढीमा बिक्रि हुन्छन् ।यसबाट पूर्वी नेपालका केहि किसानहरु र खासगरी युवा वर्गले धेरै आम्दानि गरि जीवनस्तर उकासेका छन् ।नेपालका बिभिन्न क्षत्रमा उत्पादन भएका दानाहरु काठमाण्डौमा प्रशोदन हुने गरेको छ ।विगतमा नेपाल भारत विच मात्रै यसको कारोबार हुने गरेकोमा अहिले चीन लगाएत अन्य देशहरुमा पनि यसको ब्यापार हुने गरेको छ ।चिनमा यसको ब्यापार बढेकाले रुद्राक्ष टिप्ने र संकलन गर्ने समयमा चिनीया ब्यापारीहरु नेपालको गाउ गाउ तथा प्रशोदन केन्द्रमा गएर खरिद गर्ने गरेका छन् ।नेपाली ब्यापारीले पनि चिनमा लगेर बेच्ने गरेका छन् । बोधिचित्त र रुद्राक्ष जस्ता महत्वपूर्ण नगदेवृक्षको खेति विस्तार गरेर धेरै आम्दानी लिन देशका किसान मात्र होइन डाक्टर,वकिल,इन्जिनियर,पाइलट,विधार्थी लगाएत सबै क्षेत्रका व्यक्ति र संघसस्थाहरुले आ आफ्नो जग्गा,करेसाबारी,वगैचा ,घरका छत देखि ठूला ठूला बारी पखेरामा खेती गर्न थालेका छन् ।