0 COMMENTS

हरेक ब्यक्तिको जन्मपछि मृत्यु निश्चित हुन्छ । जन्मसँगै मृत्युसँगै आउँछ । शास्त्रमा मानिसको आयु घट्ने विभिन्न कारण हुन सक्ने उल्लेख छ । केही कामले मानिसको आयु घट्ने र छिटो निधन हुने शास्त्रको भनाइ छ ।

महाभारतको उद्योग पर्वमा धृतराष्ट्र महात्मा विदुरसँग मानिसको आयु १०० वर्ष भएपनि सबै मानिस १०० वर्ष नबाँच्ने कारणबारे सोध्छन्, ‘शतायुरुक्ता पुरूषः सर्ववेदेषु वै यदा। नाप्नोत्यथ च तत् सर्वमायुः केनेह हेतुना।।

त्यतिबेला विदुरले दिएको जवाफ अनुसार ५ कारणले गर्दा मानिसको आयु घट्छ र पूर्ण आयु बाँच्न सक्दैन ।

१- विदुर भन्छन् मानिसको उमेर घटाउने पहिलो तरबार घमण्ड हो । घमण्डी मानिसको आयु छोंटो हुन्छ । घमण्डी मानिसको मानसिक अवस्था असन्तुलित रहने हुँदा आयु छोंटो हुने उल्लेख छ ।

२- अधिक बोल्ने मानिसको आयु पनि कम हुन्छ । चाहिने भन्दा बढी बोल्ने मानिसको आयु पनि कम हुने शास्त्रमा उल्लेख छ । बढी बोल्ने मानिसको उर्जा क्षय हुने र मानसिकरुपमा पनि तनावमा रहने हुँदा आयु कम हुने विदुरले बताएका छन् ।
३- अत्याधिक क्रोध भएको ब्यक्तिको पनि आयु कम हुन्छ । क्रोधले मानिसका ग्रन्थी कमजोर बनाइदिने भएका कारण आयु कम हुने उक्त शास्त्रमा भनिएको छ ।

४- स्वार्थी मानिसको आयु पनि छोंटो हुन्छ । लोभ लालच तथा स्वार्थ बढी भएका मानिस सन्तुष्ट र खुसी हुन सक्दैनन् यसकारण उनीहरुको आयु कम हुन्छ ।

५- विश्वास घाती मानिस पनि लामो उमेर बाँच्दैनन् । अरुलाई धोका दिनेको मन अशान्त रहने हुँदा उर्जा नष्ट हुन्छ । यस्ता मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।