0 COMMENTS

tejहाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरुलाई मीठा मीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरुलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरु सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पुजा लगाई ब्राम्हण ब्राम्हणीहरुलाई दान दक्षिणा गर्ने चलन रहेको छ । पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ ।

यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो ।

tejहे गौरी पर्वतराज हिमालयको गंगातटमा तिमिले आफ्नो वाल्य अवस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधीमा तिमिले कुनै अन्नपानी नखाइ केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरु चबाइ दिनहरु काटेकी थियौ ।
माघको चिसोमा तिमिले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरिर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरिर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाश मुनी विना अन्नपानी व्यतित गर्यौ । तिम्रो यो कष्टदायक तपश्यादेखेर तिम्रा पिता धेरै दुःखी र नाराज हुने गर्दथे । तब एकदिन तिम्रो तपश्या र पिताको दुःख र नाराजगी देखेर नारदजीले तिम्रो घरमा पदार्पण गर्नुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनुको कारण सोद्ध्न्भयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरीराज ! म भगवान विष्णुले पठाएपछि यहाँ आएको हुँ । तपाईँ कि छोरीको घोर तपश्याबाट प्रसन्न भइ स्वयं भगवान विष्णु उनिसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाइँको राय जान्न चाहन्छु ।” नारदजीको कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो । श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् ब्रम्हा हुनुहुन्छ । योे त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिको घरकी लक्ष्मी बनुन् र आफ्नो जीवनसाथै पति र परिवारको सुखको कारण बनुन् । नारदजी तिम्रा पिताको स्विकृति पाएर भगवान विष्णुको सामू गइ विवाह तयभएको समाचार सुनाउनु भयो । तर जव तिमिलाई यो विवाहको बारेमा थाहा भयो तिम्रो दुःखको कुनै ठेगान भएन ।

अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरु वित्न थाले । यो देखेर तिम्री एक सहेलीले तिमिलाई भएको दुःखको कारण सोद्धा तिमिले भन्यौ “ मैले सच्चा मनले भगवान शिवलाई वरण गरेकी छु तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग तय गरिदिनुभएछ । म विचित्र धर्मसंकटमा छु अव प्राण त्यागगर्नुको सट्टा मेरो कुनै उपाय र विकल्प बचेको छैन ।” तिम्री सहेली बहुत समझदार थिइन् । उनले तिमिलाई भनिन् “ प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र ? संकटको घडिमा धैर्यतासँग काम लिनु पर्दछ । हिन्दूनारीको जीवनको सार्थकता यही मा नै छ कि जसलाई मनबाट पतिकोरुपमा एकचोटी वरण गरिन्छ जीवनपर्यन्त उसैसँग निर्वाह गर्नु पर्दछ । सच्चा आस्था र एकनिष्ठाको अगाडि त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्नुहुन्छ तसर्थ म तिमिलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमिलाई खोजेर पाउनुहुन्न । मलाई पूर्ण विश्वास छ कि इश्वरले अवश्य तिम्रो मद्दत गर्नुहुनेछ ।” अनि तिमिले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमिलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो कि मैले त मेरी पुत्रीको भगवान विष्णुजीसँग विवाह तय गरिदिएँ । यदि भगवान विष्णु जन्तिलिएर आए तर कन्या घरमा नभेटिएमा त बहुत अपमान हुनेछ, विष्णुजीलाई मैले के जवाफ दिने ? यती विचार गरी तिम्रा पिताजी चारैतिर तिम्रो खोजीकार्य शुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीको साथ नदीको तटमा एकगुफामा आराधनामा लिन हुन थाल्यौ । भाद्रपद तृतीय शुक्लको हस्त नक्षत्र थियो । त्यसदिन तिमिले बालुवाको शिवलिंग निर्माण गर्यौ । रातभरी मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ ।

तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रो सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ । त्यससमय आफ्नो तपश्याको फलिभूत मलाई आफ्नो समक्ष पाउँदा तिमिले भन्यौ “ मैले हजुरलाई सच्चा मनले पतिकोरुपमा वरण गरिसकेको छु । यदि तपाई साँच्चै नै मेरो तपश्याबाट प्रशन्न भई यहाँ आउनु भएको हो भने मलाई आफ्नो अर्धाङ्गिनीकोरुपमा स्वीकार गर्नुहोस् । त्यसपछि “तथास्त्” भनेर म कैलाशपर्वततर्फ फिर्ता भएँ । प्रातः हुने वित्तिकै तिमिले पुजाका समस्त सामग्री नदीमा प्रवाहित गरी आफ्नाी सहेलीसहित व्रतको वरण ग¥यौ । त्यहीसमय तिम्रा पिता गिरीराज आफ्ना बन्धु बान्धवसहित तिमिलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो दशा देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपश्याको कारण सोद्ध्नु भयो । तिमिले भन्यौ पिताजी मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँँ । मेरो यो तपश्याको एकमात्र उद्देश्य माहादेवजीको पतिकोरुपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपश्याको परीक्षामा खरो उत्रिसकेको छु जवकी तपाइँ पिताश्रीले मेरो विवाह विष्णुजीका साथ गरिदिने निश्चय गरीसक्नु भएको थियो । त्यसैले म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेको हुँ । अब म हजुरसँग घर नै फर्कनु पर्छ भने म महादेवजीका साथ मेरो विवाह गरिदिने शर्तमा मात्र फर्कन्छु । तिम्रा पिताले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमिलाई घर फिर्ता लिएर आउनु भयो ।

केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । भगवान शिवले अगाडि भन्नुभयो ः हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमिले मेरो आराधना गरी जुुन ब्रत बसेकी थियौ, त्यसैको परिणामस्वरुप हामी दुईको विवाह सम्भव भएको हो । यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ तिनलाई मनोवाञ्छित फल प्राप्त गर्नेछिन । यो ब्रतलाई हरितालिका भन्नुको पछाडि पनि एउटा कारण रहेको छ । पार्वतीजीको सहेलीले उहाँलाई पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेकी थिइन । हरितालिका शब्दले यो पर्वको पुष्टि यसप्रकार गरेको पाइन्छ । हरत अर्थात् हरणगर्नु र आलिकाको मतलव सहेली हुन आउँछ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो ः यो ब्रतको जुन स्त्रीले श्रद्धापूर्वक पालन गर्छिन उनलाई तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।