0 COMMENTS

साउन२२, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको निर्णय उल्टाउन सुरु गरेको छ ।

प्रधानमन्त्रीको कार्यभार समालेको दास्रो दिनमै दाहाल नेतृत्वको सरकारले विभिन्न देशका लागि प्रस्तावित १४ राजदुतको सिफारिस फिर्ता लिई ओली सरकारको निर्णय उल्टाउने कामको थालनी गरेको छ ।

राजदुतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिसकेको अवस्थामा दाहालले पूर्ववर्ती सरकारको निर्णय उल्टाएका हुन । सिफारिस फिर्ता लिइएको राजदुतहरुको शुक्रबारबाटै सुनुवाई अगाडि बढाउने तयारी संसदीय समितिले गरेको थियो । सोही जानकारीको आधारमा शुक्रबारको मन्त्रिपरिषद् बैठकले ओली सरकारको निर्णय उल्टाउँदै १४ जना प्रस्तावित राजदुतहरुको नाम सुनुवाइबाट फिर्ता लिने निर्णय गरेको हो

। ओली नेतृत्वको अघिल्लो सरकारले विभिन्न देशका लागि सिफारिस गरेकामध्ये राजनीतिक दलको कोटाबाट चयन भएका १४ राजदुतहरुको दाहाल सरकारले फिर्ता लिएको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।