0 COMMENTS

sexएकपटक मधुमेह तपाईंको शरिरभित्र प्रवेश गर्छ, त्यसलाई निको पार्न केही गरी पनि सकिन्न । तर मधुमेह लाग्नुभन्दा पहिले नै यसलाई हटाउने उपायहरु अपनाउन आवश्यक छ ।

१.पर्याप्त निन्द्रा:
थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

२. धुम्रपान त्याग्नुहोस्:
धुम्रपानले तपाईंको कार्डियोभास्कुलर स्वास्थ्य र हर्मोन उत्पन्नमा प्रतिकुल असर पार्छ जसले मधुमेहको खतरालाई निम्त्याउने गर्दछ । धुम्रपान छोड्दा तपाईंलाई मधुमेहको खतरा हुँदैन भने तपाईंको सम्पूर्ण स्वास्थ्य पनि राम्रो हुनेछ ।

३. धेरै पानी पिउनुहोस्ः
मानिसको शरिरलाई नभई नहुने तत्वमा पानी शीर्ष स्थानमा आउँछ । दैनिक पर्याप्त मात्रामा पानी पिउँदा यसले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाल्ने काम गर्दछ भने यसले बढ्नसमेत दिँदैन । पानीले तपाईंको मुटुको रोग र मधुमेहलाई पनि टाढा राख्दछ ।

४. पर्याप्त निन्द्रा:
थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

५. व्यायामः
व्यायमसहितको स्वस्थ जीवनशैलीले तपाईंलाई मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले तपाईंलाई मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्त । तपाईंले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नसक्नुहुन्छ ।१५ मिनेटजति योग, प्राणायाम गर्ने वा ३० मिनेटभन्दा बढी दौडने गर्नुहोस् ।

६. फाइबरः
फाइबरयुक्त खानाले तपाईंको रगतमा भएको चीनिको मात्रालाई सोस्न सहयोग गर्दछ । मधुमेहलाई साधारण राख्नका लागि यसले इन्सुलिन निकाल्नसमेत सहयोग गर्छ ।

खानामा सलाद हरियो सागसब्जी तथा गहुँ, मकै, कोदो र फापरका परिकार खाने बानी गर्नुहोस् । सागसब्जीमा करेला, रायो, कुरिलो, पालुंगो, कुभिन्डो, परबल र लौका राम्रो मानिन्छ ।
चिनीरोगमा यौन दुर्बलता हुने भएकाले ब्राह्मी, सतावरी, कुरिलो, अमला, केशर, अकरकरा, लसुन, पिपली, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो, गोक्षुर र तुलसी बीज आदि जडीबुटी प्रयोग गर्नुहोस् ।
नियमित रूपमा जडीबुटीहरूको सेवन गर्नुहोस् । चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्नुहोस् । तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्नुहोस् । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग

 

७. रगत जाँच गर्नुहोस्ः
मधुमेहबाट बच्नको लागि सबैभन्दा सजिलो उपाय आफ्नो रगतको निरन्तर जाँच गर्नु हो । ४५ वर्षभन्दा माथिका मानिसले तीन वर्षको एकचोटी रगत जाँच गराउनुपर्ने हुन्छ । यदि तपाईंको रक्तचाप उच्च छ र मोटो हुनुहुन्छ भने तपाईंले निरन्तर रुपमा रगत जाँच गराइरहनुपर्छ ।

गर्दा फाइदा हुन्छ 
कहिलेकाहीँ मनोरञ्जन कार्यमा भाग लिनुहोस् ।
सधैँ सकारात्मक सोचको विकास गर्नुहोस् ।
तनाव नलिनुहोस् । तनावका वेला २० देखि ३० मिनेट शारीरिक श्रम गर्नुहोस् । तामसी वस्तु अल्कोहल, चुरोट सेवन नगर्नुहोस् ।
नियमित शारीरिक जाँच गर्नुहोस् । जसले गर्दा कोलेस्ट्रोल र चिनीको मात्रा थाहा पाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।