0 COMMENTS

 साउन, २०काठमाडौं /माओवादीले प्राप्त गरेको नौ मन्त्रालयमा पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । माओवादीले कृष्णबहादुर महरालाई उपप्रधान सहित अर्थ, जनार्दन शर्मालाई सञ्चार मन्त्री बनाउने भएको छ ।

त्यसैगरी सुरेन्द्र कार्की, हितराज पाण्डे, दलितबाट दलजित श्रीपाली, जनजातिबाट श्रीप्रसाद जगेबु, मधेसबाट शिवकुमार मण्डल, महिलाबाट सीता नेपाली वा राधिका तामाङ मध्ये एकलाई मन्त्री बनाउने तयारी माओवादीले गरेको छ ।

पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको टुंगो लागि सेकेपनि औपचारिक निर्णय गर्नको लागि प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डले अहिले केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।

बुधवार अबेरसम्म दुई दलीय कार्यलयले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाएको छ । सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिएका छन् । सोही आधारमाा क-कसलाई कुन कुन मन्त्रालय दिने भन्ने आज अन्तिम निर्णय गर्ने तयारीमा प्रचण्ड रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रचण्डले सपथग्रहण गर्नु अघि नै कांग्रेसले पठाउने नाम सहितको आफ्नो पार्टीबाट पनि सानो मन्त्रीमण्डल गठन गर्ने र आज नै कार्यभार सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।