0 COMMENTS

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्ने क्रममा भावुक बने । आफ्नो मन्तव्य टुङ्ग्याउँदै गर्दा उनले भावुक हुँदै विगत सम्झिए ।

म एउटा गरीब किसानको छोरो । प्रधानमन्त्री बन्छु भन्ने कल्पना पनि थिइँन । यो कुरा कहिले सोचेको पनि होइन । आकां‌क्षा पनि होइन । एउटा गरीब किसानको छोरोलाई यो अवसर प्राप्त हुनु भनेको दुर्लभ कुरा हो,’ प्रचण्डले भने ।

उनले आफू विभिन्न उत्तारचढाव पार गर्दै यहाँसम्म आइपुग्दा आफ्ना कमी-कमजोरी र सवल पक्ष सबैले राम्रोसँग बुझेको बताए ।

‘मालाई आलोचना गर्नेहरुले अस्थिर भन्नुहुन्छ । सकारात्मक ढंगले हेर्नेहरुले गतिशील, डायनामिक र सिर्जनशील पनि भन्नुहुन्छ, यो सबै मलाई राम्रो हेक्का छ,’ प्रचण्डले भने, ‘आलोचना गर्नेहरुको दृष्टिबाट हेर्दा मलाई कहिलेकाहीँ लाग्छ, म अस्थिर नभइदिएको भए यो जनयुद्ध के हुन्थ्यो होला ? यो गणतन्त्र के हुन्थ्यो होला ? यो संविधान के हुन्थ्यो होला ?’यसक्रममा उनले आफूले प्रधानमन्त्री बनाएका एमाले नेताहरुलाई पनि डायलग हाने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।