0 COMMENTS

Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudelसाउन १८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाले सरकार गठन र मन्त्रीहरुको छनौटमा मनलाग्दी नगर्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । मंगलबार अनामनगरमा पौडेल र उनी पक्षधरका नेताहरुले गोप्य छलफल गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनेदेखि मन्त्रालय बाँडफाँडमा समेत देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल पक्ष आक्रोशित भएको हो । देउवाले नेताहरुलाई मन्त्रीको आश्वासन दिएर आफ्ना पक्षका नेताहरुलाई फटाउन खोजेको भन्दै उपस्थितले आक्रोश व्यक्त गरेका थिए । सभापति देउवाले आफूहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराएमा सशक्त प्रतिरोध गर्ने र सोको जिम्मेवारी देउवाले लिनुपर्ने निष्कर्ष पौडेल पक्षधरको बैठकले गरेको छ । बैठकमा प्रकाशमान सिंह, रामशरण महतलगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।