0 COMMENTS

Gas-Bulletकाठमाडौं, १७ साउन । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लागाएको छ ।

साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लागाएको छ ।

मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनिमयावली नभएको कारण देखाउँदै खरिद प्रक्रियामा रोक लगाएको हो ।
मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बहानामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो ।

भारतीय ढुवानी व्यवसायी संघका अध्यक्ष सतिश शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायीको दबाबमा मन्त्रालयका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा रोक लगाएका हुन् । अध्यक्ष शेर्पा करिब १० दिनदेखि राजधानीको सोल्टी होटलमा बस्दै आएका छन् ।

भारतका सातवटा ढुवानी व्यावसायीका सात सय बुलेट भाडामा लिएर नेपालका उद्योगपतिले भारतको चारवटा रिफयनरी केन्द्रबाट ग्यास आयत गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानी लिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।