0 COMMENTS

khaptadi-basnet-bhela1काभ्रे । खप्तडी बस्नेत अगुवाहरुले पुर्खाको योगदान पहिचान, रक्षा, विस्तारका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
काभ्रेको पनौतिमा भएको खप्तडी बस्नेत एकीकृत समिति तथा खप्तडी बस्नेत कल्याणकारी कोष काभ्रे शाखाको प्रथम भेलाका वक्ताहरुले नेपाल एकीकरणदेखि विभिन्न समयमा खप्तडी बस्नेतहरुले बगाएको रगत र पसिनाले अहिले सिंगो नेपाल बनेको बताएका हुन् । वक्ताहरुले विगतमा पुर्खाहरुले बगाएको रगत र पसिनाको जगमा वर्तमान र भावी पुस्ताले गर्वका साथ आफ्नो पहिचानको रक्षा र विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले आफ्नो कुल, धर्म, संस्कार र वंशको पहिचान, रक्षा र विस्तारका साथै समग्र मानव जातिको हितमा लाग्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि देशविदेशमा रहेका खप्तडी बस्नेतहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बीस वर्षअघिदेखि वंशावली संकलन, प्रकाशनमा लाग्दाको अनुभूति स्मरण गर्दै त्यसलाई अझ सशक्त ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

khaptadi-basnet-bhela2
कार्यक्रममा समाजसेवी भरत बस्नेतले खप्तडी बस्नेतहरु सोझासिधा भएकै कारण अहिले पछाडि परेको भन्दै अब एकतावद्ध भएर आफ्नो कुल, संस्कार, र पुर्खाको इतिहास रक्षामा लाग्नुपर्ने बताउनुभयो । उहाँले विगतमा पुर्खाले प्रदर्शन गरेको बहादुरीकै कारण एकीकृत नेपाल बनेको बन्दै त्यो इतिहासलाई कसैले मेटाउन नसक्ने बताउनुभयो । उहाँले खप्तडी बस्नेतहरु संगठित भएर आफ्नो मात्र हित नभई सबै जातजाति, धर्म, संस्कृति, क्षेत्र र लिंगका मानवको हितमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी प्रमुख सनद बस्नेतले खप्तडी बस्नेत वंशावली संकलनमा रामबहादुर बस्नेतले सुरु गरेको अभियानमा आफूहरुले पनि सहयोग गरेर वंशावली तयार भएको स्मरण गर्दै त्यही अभियानका क्रममा काठमाडौको फर्पिङमा मण्डप निर्माणसम्म भएको स्मरण गर्नुभयो । उहाँले विन्नि स्थानमा विभिन्न व्यक्ति र संस्थाले अघि बढाएको खप्तडी बस्नेत वंशहित अभियानमा सबै जुट्नुपर्ने बताउनुभयो । आफ्नो वंश र बन्धु हितमा आफू सधै साथमा रहने भन्दै उहाँले आफू यो अभियानमा सक्रिय भएर लाग्न चाहेको बताउनुभयो । उहाँले यो अभियानमा आफू सधै नैतिकदेखि सबै सहयोगका लागि साथमा रहेको बताउनुभयो । उहाँले मान्छे आफ्नो लागि नभई अर्काको लागि जन्मने भएकाले त्यही अनुसार सबै मानवको हितमा लाग्नुपर्ने बताउनुभयो । जन्म र मृत्यु अवश्यंभावी रहेको भन्दै त्यो बिचको समयलाई मानव हितमा लाग्न सके मात्र बाँच्नु सार्थक हुने बताउनुभयो । उहाँले खप्तडी बस्नेतहरुले पनि आपसी भातृत्व कायम गरेर सबैको शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कल्याणकारी कोष केन्द्रीय प्रतिनिधिमा रुपमा विन्देश्वरी बस्नेतले कोष स्थापना गर्नुको उद्देश्य, अहिले भइरहेको क्रियाकलाप लगायतका विषयमा जानकारी दिनुभएको थियो । उहाँले कोषमार्फत खप्तडी बस्नेतका विपन्न वर्गको स्वास्थ्य र शिक्षामा लगानी गर्न सकिने बताउनुभयो ।

khaptadi-basnet-bhela4

खप्तडी बस्नेतको काभ्रे भेलाले मोहन कुमार बस्नेतको अध्यक्षतामा कार्यसमिति र सल्लाहकार समितिसमेत चयन गरेको छ । समितिमा जगन्नाथ बस्नेत उपाध्यक्ष, हरिशरण बस्नेत सचिव, सुशीलचन्द्र बस्नेत सहसचिव, नानीमैया बस्नेत कोषाध्यक्ष, अन्जना बस्नेत सहकोषाध्यक्ष र सदस्यमा राजकुमार बस्नेत, दिपकजंग बस्नेत, माधव बस्नेत रहनु भएको छ।
त्यस्तै बद्रीकुमार बस्नेतको संयोजकत्वमा गठित सल्लाहकार समितिमा सनद बस्नेत, सहकुल बस्नेत, गणेशबहादुर बस्नेत, दीपबहादुर बस्नेत, रामचन्द्र बस्नेत, पुश्कर बस्नेत र राज बस्नेत (भैसेपाटी) रहनु भएको छ।
प्रथम भेलासँगै कार्यालय उद्घाटन गरिएको र आगामी दिनमा खप्तडी बस्नेत वंशावली संकलनका साथै आपसी भातृत्व विकास गरेर अघि बढ्ने समितिका अध्यक्ष मोहनकुमार बस्नेतले जानकारी दिनुभयो । भेलामा काभ्रेका विभिन्न गाविसका साथै राजधानीमा रहेका खप्तडी बस्नेतहरुको समेत सहभागिता थियो । कार्यक्रममा भाग लिन राजधानीबाट केन्द्रीय समितिका पदाधिकारीहरुसमेत पनौति पुगेका थिए ।
खप्तडी बस्नेत एकीकृत समिति तथा खप्तडी बस्नेत कल्याणकारी कोषले विभिन्न जिल्लाबाट राजधानीमा आइ बसोबास गरिरहेका खप्तडी बस्नेतहरुलाई संगठित गर्नुका साथै विभिन्न जिल्ला र गाविसमा समितिहरु गठन गर्ने अभियान चलाएको छ ।साभार संम्बाद मीडीया(दिनेश बस्नेत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।