0 COMMENTS

  काठमाडौं, १६ साउन । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन ।

तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।
मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन् । उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ ।
विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले बताए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।