0 COMMENTS

kumar-lama-karnelकाठमाडौं, १६ साउन । द्वन्द्वकालमा बन्दीलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामा विरुद्धको मुद्दाको छलफल ‘जुरी’ भित्रै सहमति नजुटेपछि शुक्रबार पनि टुंगोमा पुग्न सकेको छैन् ।

पक्ष विपक्षमा मत नमिल्दा मुद्दालाई अन्तिम टुंगो लगाउन गठित १२ सदस्यीय जुरी शुक्रबार पनि निष्कर्षमा पुग्न नसकेको हो ।
जस्टिस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट बहस सकिएपछि गत सोमबार दिउँसोदेखि जारी डेलिबरेसन गहन छलफल अझै निष्कर्षमा पुग्न नसकेको हो ।
निर्दोष वा दोषी जे सावित गरे पनि १२ जनाको जुरीबीच १०, २ वा ११, १ मत भए मात्र अन्तिम फैसलाको बाटो खुल्नेछ नत्र पुनः सुनुवाइ रिट्रायल हुने कानुनी प्रावधानले पटक/पटक जुरीबीच छलफल चलिरहेको छ ।
शुक्रबारसम्म सहमति हुन नसकेपछि न्यायधीशले सोमबार पुनः इजलास बस्ने जनाउ दिएका छन् ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट फौज्दारी अदालत ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि जुरी अन्तिम फैसला लिन डेलिबरेसनमा व्यस्त भएको हो । जुरीमा हरेक क्षेत्रका व्यक्ति सहभागी हुन सक्छन् ।
‘अगष्टदेखि समर छुट्टी हुनुअघि फैसला आउने आशा थियो तर अझै कति समय लम्बिने हो भन्न सकिन्न,’ स्रोतले भन्यो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।