0 COMMENTS

11062016084959indra-bahadur-1000x0काठमाडौं, साउन १४ । आन्द्राको क्यान्सरबाट पीडित बक्सिङ खेलाडी इन्द्रबहादुर मगरको निधन भएको छ । दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता मगरको उपचारका क्रममा निधन भएको हो । आन्द्राको क्यान्सरपछि ललितपुरको हरिसिद्धिमा उपचार गराइरहेका बक्सिङ खेलाडी मगरलाई बिहीबार राति आठ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी दुई बर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । २०२७ साल असार ३० गते तनहुँको आँवुखैरेनीमा जन्मिएका मगरले २०५५ सालमा काठमाडौंमै भएको आठौं दक्षिण एशियाली खेलकुदमा काश्यपदक जितेका थिए । २०४६ सालमा नेपाल पुलिसमा भर्ना भएपछि राष्ट्रय बक्सिङमा उनको तौल समूहमा उनले लगातार स्वर्ण जितेका थिए । उनी २०५६ सालसम्म पुलिस क्लवमा रहे । खेलाडीको रुपमा लामो समय योगदान गरेपछि उनी सन् २००० यता कोरियामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।