0 COMMENTS

 deuba-prachandaकाठमाडौं, १४ साउन । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रलकाे आन्तरिक रुपमा मन्त्रालयको भागबण्डा ।

दुई दलबीच यसअघि नै कांग्रेसले गृह सहित १३ र माओवादीले प्रधानमन्त्री र अर्थ सहित ९ मन्त्रालय पाउने सहमति भइसकेको छ । सोहि अनुसार दलहरु मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो लगाउन आन्तरिक गृहकार्यमा छन् । महाधिवेसन पछि मनोनित पदाधिकारीको टुंगो लगाउन बाँकी रहेकाले कांग्रेसमा सोहि अनुसार मन्त्री छान्ने तयारी छ ।

 

यसैबीच कांग्रेस र माओवादीले मन्त्रालयको भागबण्डा गरेपनि अन्य दल समेत सरकारमा जान इच्छुक देखिएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने पक्कापक्की भएको छ । अन्य साना दल र मधेसी मोर्चा समेत सरकारमा सहभागी हुन सक्ने अवस्था छ । यसो भएमा प्रचण्ड नेतृत्वको सरकारमा संविधानले तोकेको भन्दा ठुलो मन्त्रीपरिषद् बन्नेछ ।

संविधानले २५ सदस्यीय मन्त्रिमण्डल बनाउने सङ्ख्या तोकेको छ । तर त्यस विपरित मन्त्रीको सङ्ख्या बढ्न सक्ने अवस्था देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भागबण्डा पुर्‍याउनकै लागि मन्त्रालय समेत फुटाएको थियो । फुटेका मन्त्रालय लाइ अहीलेकाे गठबन्धन सरकारले पनी  यथावत राख्ने तर मन्त्रालयको सङ्ख्या  नथप्ने कुरामा कांग्रेस र माओवादी दुवै दल सहमत छन् । तर विगतको नजिर हेर्ने हो भने, २०५२ सालमा शेर बहादुर देउवाको नेतृत्वमा ५२ सदस्यीय र २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वमा ४९ सदस्यीय जम्बो मन्त्रीमण्डल बनेको इतिहास छ । यसले पनि कांग्रेस माओवादीलाई छरितो मन्त्री परिषद् बनाउनेमा विश्वास गरी हाल्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।