काठमाडौं, १४ साउन । विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा यस वर्ष दुई नेपाली फिल्म परेका छन् ।
प्रदर्शनका लागि बिहीबार सार्वजनिक फिल्मको ‘लाइनअप’ मा दीपक रौनियारले निर्देशन गरेको ‘द ह्वाइट सन’ तथा पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेको छोटो फिल्म ‘देद्या’ परेका हुन् ।
गत वर्ष मीनबहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ ले भेनिसको ‘क्रिटिस्क विक’ मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । क्रिटिक्स विकलाई भेनिसले छुट्टै स्वायत्त खण्डका रुपमा राखेको भएपनि यसपटक नेपाली फिल्म छानेट भएको
‘होराइजन’ सेक्सन भने भेनिसकै दुुई प्रतिस्पर्धात्मक खण्डमध्येको एक हो । जसमा सौन्दर्यबोध र फिल्म भाषामा नयाँ प्रयोग गरिएका विश्वभरका फिल्मको प्रतिस्पर्धा गराइने फेस्टिभलले जनाएको छ ।
होराइजन सेक्सनमा मुख्यसँगै स्पेसल जुरी र सर्ट तथा मिडियम लेन्थ फिल्मलाई एक–एक गरी चार अवार्ड दिइन्छ । यसपटक नेपाली फिल्मले विश्वका बाँकी ३३ फिल्मसँग प्रतिस्पर्धा गर्दैछन् ।