0 COMMENTS

banalरसुवा । किसानले लगाईएको अन्नबालि जंगली जनावरले क्षति पु-याएपछि सुरक्षा अपनाउन रसुवाको स्याफ्रुबेसीमा लाङटाङ राष्ट्रिय निकुञ्ज आसपाकास किसानहरुले विद्युतीय तार लगाउन सुरु गरेका छन् ।
निकुञ्जको बन्यजन्तुबाट सुरक्षित रहन सस्थाहरुको सहयोगमा सुरु गरेको अभियान अहिले स्याफ्रुबेसीको ब्राबल ब्राबलमा चलिरहेको छ । ग्रामीण क्षेत्रमा वसोवास गर्ने कृषकले लगाउने बाली जंगली जनावरले खाएर किसानले कहिल्यै भित्र्याउन नपाएपछि जग्गाजमिन बाझो राख्दै आएकाहरुले अब विद्युतीय तारबार लगाएर बाली लगाउन आशा जगाएका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यबर्ती क्षेत्र सहयोग आयोजनाको विश्व बन्य कोषको २० लाख रुपैयाँ र अन्य सस्थाहरुबाट जुटाइएको गरी २३ लाख रुपैयाँको सहयोगमा ब्राबलमा विद्युतीय तार लगाउन थालिएको छ ।
निकुञ्ज आसपासका किसानहरुले लगाउदै आएको आलु, करु, स्याउ, चिराईतो लगायतका कृषिजन्य उपजको विद्युतीय तारबार जडान गरेसँगै जंगली जनावरबाट जोगाउन प्रयासरत रहेका छन् । अहिलेसम्म दुई हजार सात सय मिटर लम्बाईको तारबारले ब्राबलमा रहेको १ एक सय ५७ रोपनी जग्गालाई बन्यजन्तुबाट बचाएकाले अब निर्धक्कसंग खेती गर्ने स्थानिय बासिन्दा बताउछन ।
किसानले लगाएको अन्नबाली सगै जंगली जनावरको पनि संरक्षण गर्न विद्युतीय तारले सहयोग पुग्ने निकुञ्जले जनाएको छ । जडान गरिएको विद्युतीय बार छोएमा सामान्य झट्का मात्र दिने भएकाले अन्नबाली र बन्यजन्तु दुवैको सुरक्षाको लागी लाभदायक रहेको लाङटाङ राष्ट्रिय निकुन्ज तथा मध्यबर्ती क्षेत्र सहयोग आयोजनाका गौतम पौडेलले वताउनुभयो ।
निकुञ्जबाट आउने बादर, बदेल, मृग लगायतका जंगली जनावरबाट बर्षो देखि समस्या खेप्दै आएका ब्राबलका किसानको समस्या समाधान भएसगैँ यसको आवश्यकता निकुञ्ज आसपासका अन्य स्थानका बासिन्दाहरुले पनि महशुस गरेका छन् । थोरै लगानी गरी किसानको जिविकोपार्जन सहज बनाउन सुर गरिएको तारबारलाई विस्तार गर्न सके रसुवामा जारी रहेको खाद्य संकटलाई समेत कम गारउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।