0 COMMENTS
rana
बल्लभ चैतन्य दास

हामी सनातन धर्मीहरू शास्त्र पढ़दैनौ। यही नै हाम्रो मूल दोष हो। साधु/सन्तको भेषका ढोंगी बाबाजीहरू यही अज्ञानताको फाइदा उठाउछन, लुटछन।यो तलको लेखमा रुद्राक्षको प्रयोगले धन प्राप्त हुने कुरा लेखेको छ, यो अज्ञानता हो। पाखंडपन हो।

याद राखौ, तपाई हज़ार मन्नत माग्नुहोस, लाख लड्डू चढ़ाउनुहोस, लाख मन्दिर दर्शन गर्नुहोस, तपस्या गर्नुहोस, तीर्थ घुम्नुहोस, भौतिक प्राप्ति(सांसारिक धन, मान/सम्मान, पद, एेश आदि) ईश्वरसंग मागेर पाइदैन। भौतिक श्री प्राप्तिको लागि भौतिक मेहनत कै आवश्यक छ। यो कुरा आफ्नो अन्तकरणमा लेखेर राखनुहोस। अध्यात्म र भौतिकबाद अलग अलग बिषय हुन। यी दुई जोड़ने प्रयास नगरौं। यदि कसैले बोको चढ़ाएको भरमा कुनै भौतिक लाभ देख्छ भने त्यो त्यसको यो वा पूर्बजन्मका उसकै कर्मको फल हो, संयोगले त्यही समयमा प्राप्त भएको जुर्न गएको मात्र हो। यदि कसैले सरस्वती माताको आराधना गरी विधा प्राप्त गरेको वा लक्ष्मी माताको आराधना गरी धन प्राप्त गरेको देख्दछ भने त्यो इत्तफाकले त्यही समयमा उसैको आफ्नै कर्मफल प्राप्त भएको मात्र हो।

तर यहाँ बुझनुपर्ने आवश्यक कुरा के छ भने तपाईलाई तपाईको भौतिक फल श्रीकृष्णकर्मी देवताले नै श्रीकृष्णद्वारा नै निर्मित ब्रम्हाण्डिय पद्धति अनुरूप दिन्छन तर उत्ति नै परिमाणमा जति तपाईको मेहनत थियो र तपाई लायक हुनुहुंछ। जसरी शिक्षकले बिद्यार्थीले परीक्षामा जस्तो लेख्यो त्यति नै अंक दिन्छ, न धेरै न कम त्यसैगरी तपाईलाई तपाईको मेहनतको फल दिने त देवता नै हुन तर तपाईकै मेहनत अनुरूप, न धेरै न कम। जसरी शिक्षकले सम: दृष्टि राखि मन परेका बिद्यार्थी होउन वा नचिनेका, बिद्यार्थीकै परीक्षामा लेखिएको लेखावट अनुरूप नै प्राप्तांक दिन्छ त्यसैगरी देवताले तपाईको मेहनत अनुरूप नै तपाईलाई तपाईका भौतिक उपलब्धि दिन्छन, तपाइकै मेहनत अनुरूप, चाहे तपाईले त्यस देवता पूज्नुहोस वा नपूज्नुहोस। संसारका सबै भंदा धनी बिल गेट्सलाई धनदिने देवी लक्ष्मीको नाम थाहा नै छैन होला, यस्तै अल्बर्ट आइन्सटाईनलाई विधादाता सरस्वतीको नाम थाहा नै छैन होला तर देबी उनीहरूप्रति कृपण भए कारण उनिहरुका यस अथवा पूर्बजन्मका कर्म यस लायक थिए।

हो, त्यसैले यो सत्य सधै याद राखौ की सांसारीक भौतिक सुख रुद्राक्ष लगाएर, मन्दिर गएर याचना गरेर, लड्डू/दूध/फल-फूल चढ़ाएर, औठी लगाएर, तीर्थ गएर, ब्रत बसेर प्राप्त हुदैन। के कुनै विद्यार्थीलाई उसले बिना मेहनत शिक्षकलाई गरेको चापलूसी, चाकड़ीको भरमा त्यस शिक्षकले नम्बर दिन्छ? यदि दिएमा प्रधानाध्यापकबाट कार्यवाही हुंछ त्यसैगरी यदि कुनै देवताले बिना तपाईको भौतिक मेहनत तपाईले नै गरेको चाकड़ीचापलूसी(पूजा,ब्रत आदि)को भरमा तपाईलाई तपाईले मागेको सांसारिक भौतिक भोग उपलब्ध गराउछ भने माग़्ने र दिने(तपाई र त्यो देवता) दुबै अपराधि भए जसलाई श्रीकृष्णबाट कार्यवाही हुंछ।

यसको मतलब यो हो की देवताहरू तपाईले चाहे पूज्नुहोस वा नपूज्नुहोस, तपाईको मेहनत अनुसार नै तपाईलाई फल दिन्छन, यसमा कुनै शंका छैन। त्यसोभए तपाई सोध्नु हुंछ “यसको मतलब के देवता पूज्नु आवश्यक छैन त?” म भंछु “के तपाई यति निष्ठुरी की मागेर दिनेलाई मात्र पूज्नुहुंछ? तपाईको मेहनतको क़दर गर्दै तपाईलाई फल प्रदान गर्ने त्यस्ता सबैप्रति सम: भाव लिएका देवता पूज्ने तपाईको कर्तव्य होइन र?”। अवश्य पनि देवता पूज्नु पर्दछ तर निष्काम। चाकड़ी/चापलूसी बिना। “हे सम भावना लिएका देवता हो, तिमी धन्य छौ। हे सबैलाई उनीहरूकै मेहनतको फल प्रदान गर्ने देवता हो, तिमी धन्य छौ” भनि पुज्नुहोस अनि भौतिकता प्राप्तिको लागि मेहनत गर्नुहोस, तपाईको मेहनतको फल देवताले अवश्य नै दिनेछन।

पुराणमा यो माहात्म्य पढ़े यो भौतिकता प्राप्त हुंछ, यो सुने धन/यश प्राप्त हुंछ भनेर लेखिएको कारण यी पुराणादि कथाहरू लोभैले भएपनि पढ़ोस सुनोस ताकी उद्धार होस भन्ने उद्देश्यले मात्र लेखिएको हो। याद राखौ पुराण भनेकै बेद-उपनिषदको उच्च तहको शास्त्रीय श्रुतिज्ञान आर्जन गर्न नसक्ने अल्पबुद्धि भएका बालक/स्त्री आदिलाई लक्षित गरीएको स्मृति शास्त्र हो।

तसर्थ सांसारीक भौतिकता भोग्न चाहनुहुंछ भने तपाईका हात/मन/बुद्धि प्रयोग गरी भौतिक मेहनत गर्नुहोस। धन चाहनुहुंछ दिनरात धनप्राप्तिको लागि बुद्धि/शक्ति लगाई खटीनुहोस, लक्ष्मीको चाकड़ी हैन। विधा चाहनुहुंछ भने टुप्पी बाँधेर पढ्नुहोस, सरस्वती माताको चाकड़ी हैन। हरे कृष्ण …. हामीले याे लेख Vallabha Chaitanya Das ( बिनय जंग राणा)  काे फेस बुक बाट साभार गरेका हाै ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।