0 COMMENTS

 साउन,११ काठमाडौं/गत असार ४ र ५ गते लिइएको कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

अाज सार्वजनिक भएको नतिजा अनुसार रोजगार प्रणाली इपिएस अन्तरगत भाषा परीक्षा दिएका ३ हजार ५ सय १७ जना उतिर्ण भएका छन् । जसमा कृषि तर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना पास भएका इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।

यस वर्ष परीक्षामा ५७ हजार १ सय २९ जना सहभागि भएका थिए । परिक्षाको नतिजा शाखाको वेबसाइट इपिएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिने निर्देशक बास्तोलाले जानकारी दिए ।

उनले उत्तीर्ण भएकाहरुलाई कोरिया पठाउन आवश्यक प्रकृया दशैं अघि नै पूरा गरिने बताए । उनका अनुसार सन् २०१७ जनवरीमा उनिहरु कोरिया जानेछन् । सन् २००८ देखि इपिएस प्रणाली अन्तरगत परप्क्षामा पास भएकाहरुलाई सरकारले कोरिया पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।