0 COMMENTS

khaptadi-bsnet1रामेछापबाट राजधानी आई विभिन्न पेसा र व्यवसायमा रहेका खप्तडी बस्नेहरुको बृहत भेलाले रोकटबहादुर बस्नेतको अध्यक्षतामा खप्तडी बस्नेत कल्याणकारी कोष समन्य समिति रामेछाप–काठमाडौ सम्पर्क समितिलाई पूर्णता दिएको छ।अभिलेखका लागि वंशावली र उत्थानका लागि कल्याणकारी कोष भन्ने नारासहित गरिएको भेलाले रोकटबहादुर बस्नेत, अध्यक्ष बाम्ती–९ रोसी, दिनेश बस्नेत, उपाध्यक्ष, ठोसे–७, भिमसेन बस्नेत, सचिव गुम्देल, प्रेमबहादुर बस्नेत कोषाध्यक्ष बेताली र युवराज बस्नेत, सहसचिव कुँभुकास्थली रहनु भएको समिति गठन गरेको हो ।
त्यसैगरी समिति सदस्यहरुमा लेखकुमार बस्नेत ठोसे, दीपक बस्नेत ठोसे, ओमकार बस्नेत चुचुरे, लेखबहादुर बस्नेत चुचुरे, सन्तोष बस्नेत गुम्देल, हरिकृष्ण बस्नेत कुँभुकास्थली, अष्टकुमार बस्नेत कुँभुकास्थली, राजेश बस्नेत प्रिति, हिमाल बस्नेत गुप्तेश्वर, राधिका बस्नेत ठोसे, अप्सरा बस्नेत गुम्देल, रामबहादुर बस्नेत बाम्ती, कृष्णबहादुर बस्नेत बाम्ती, सुसन बस्नेत बाम्ती, केदार बस्नेत बेताली र बालकुमार बस्नेत बेताली रहनु भएको छ।
समितिको संरक्षक सल्लाहकारहरुमा प्राध्यापक कर्णबहादुर बस्नेत बाम्ती–९, डीबी बस्नेत बेताली, डा. रंगबहादुर बस्नेत, गुम्देल, श्रीबहादुर बस्नेत बाम्ती, सम्शेर बहादुर बस्नेत बाम्ती, दीपबहादुर बस्नेत गुम्देल, मनि बस्नेत बाम्ती, शिवबहादुर बस्नेत गुम्देल, जगदीश बस्नेत बाम्ती र शिव बस्नेत बाम्ती रहनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि भरत बस्नेतले खप्तडी बस्नेतहरुले राष्ट्रका लागि पुराएको योगदान, पहिचान, भातृत्व र समृद्धिका लागि एकता आवश्यक रहेको बताउनुभयो । उहाँले एकताबद्ध भएर पुर्खाको योगदानको रक्षाका साथै कुलधर्म, संस्कृति र संस्कारलाई थप समृद्ध बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संरक्षक संल्लाहकार डीबी बस्नेतले कुलधर्म, संस्कृति र परम्परा रक्षाका लागि पनि एकता आवश्यक रहेको भन्दै त्यसका लागि देशविदेशमा रहेका खप्तडी बस्नेतहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाँले खप्तडी बस्नेतहरुको कुलपरम्परा, पुर्खाको इतिहास र पहिचान रक्षाका लागि आगामी फागुनमा राजधानीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको जानकारीसमेत दिनुभयो । उहाँले वंशावली संकलनका लागि देशभरका खप्तडी बस्नेतहरुको तथ्याङ्क संकलन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार प्राध्यापक कर्णबहादुर बस्नेतले एकताले खप्तडी बस्नेतहरुको पहिचान संरक्षणका साथै अपसी सहयोग र सद्भाव विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कल्याणकारी कोष केन्द्रिय समितिका प्रतिनिधि कृष्ण बस्नेत कोष संचालन, सदस्यता विस्तार र संस्थाको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो ।
भिमसेन बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा समितिका अध्यक्ष रोकटबहादुर बस्नेतले समितिले निकट भविष्यमै जिल्लाका साथै गाविसस्तरमा समितिहरु गठन गरेर तथ्याङक संकलन कार्य अघि बढाइने बताउनुभयो । उहाँले समिति बन्धु उत्थानका साथै आपसी सहयोग वृद्धि र पुर्खाको इतिहास रक्षा गर्न समिति सक्रिय भएर लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।