0 COMMENTS

काठमाण्डाै १०,साउन/सरकारी वार्ता टोलीसँग चार बुदे सहमती पछी डा.केसीले १६ औं दिनमा अनशन तोडेका छन् ।मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै अनसन बसेका डा. केसी ले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामीको हातबाट जुस खांदै केसीले अनशन तोडेका हुन् ।

शिक्षण अस्पताल महाराजञ्जमा उपचारको लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छाेराकाे उपचार गर्न अाएकी अनिता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् ।

तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लिलामणी पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा. सेनेन्द्रराज उप्रेतीले डा. केसीलाई जुस खुवाएका थिए ।

अनशत अन्त्य गर्दै डा. केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्ने बताए । उनले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने बताए ।‘नेताहरु माफियाको पक्षमा भए, अब युवाहरु जाग्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।