0 COMMENTS

साउन १०, २०७३- बन्दको अवज्ञा गरेको भन्दै विप्लव समर्थिन माओवादी कार्यकर्ताहरुले काठमाडौंका २ वटा ट्याक्सीमा आगजनी गरेका छन् भने ललितपुरको मंगल बजारमा १ ट्याक्सी तोडफोड गरेका छन् ।

काठमाडौंको मीनभवन र गोंगबुमा आज बिहानै ट्याक्सीमा आगजनी गरिएको हो । बन्दकर्ताहरुले यात्रुको रुपमा चढेर पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।

मीनभवनमा ट्याक्सी जलाउने काममा संलग्न भएको आरोपमा प्रहरीले विप्लव माओवादी निकट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमाल पक्राउ परेको काठमाडौं प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

यसअघिको बन्दमा पनि ट्याक्सी आगजनी गरेको आरोपमा पक्राउ परेका कुमाल केही दिनमै रिहा भएका थिए ।

‘उनी दोस्रो पटक पनि उस्तै घटनामा पक्राउ परेकाले कारबाही गर्छु’, परिसर प्रमुख थापाले भने ।

प्रहरीले काठमाडौंबाट बन्द गराउंदै हिड्ने ७० जनालाई पक्राउ गरेको छ ।

ललितपुरका प्रहरी प्रमुख पिताम्बर अधिकारीका अनुसार ललितपुरमा बन्द गराउंदै हिंड्ने ३ जना पक्राउ परेका छन् ।(कान्तीपुर)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।