0 COMMENTS

काठमाडौं, १० साउन। सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ ।

केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।

अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भइसकेको जिल्ला विकास समितिअन्तर्गत उर्जा तथा वतावरण शाखाका प्रमुख सन्दीप उपाध्यायले जानकारी दिएका छज् ।

कुल दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा कार्य सम्पन्न हुने उनले जानकारी दिए । हावाबाट उत्पादन हुने बिजुलीबाट गाविसका ८३ घरधुरी लाभान्वित हुने जिविस सिन्धुलीले जनाएको छ ।

उता हावाबाट बिजुली निकाल्ने काम सुरु हुने भएपछि स्थानीय खुसी भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।