0 COMMENTS

काठमाण्डाै,१०साउन /सरकार र डा. गोबिन्द केसी बीचमा आइतवार चार–बुंदे सहमति । सहमतिपछि आज सोमवारबाट केसीले अनसन तोड्ने अनुमान गरीएकाे छ । विवादित मनमोहन मेमोरियल मेडिकल कलेजलाई अन्ततः वीर अस्पतालले खरिद गरी सरकारी स्वामित्वमा सञ्चालन गर्ने भएपछि केसी र सरकारबीच आइतवार चारबुँदे सम्झौता भएको हो ।

Dr.Gobinda-KC आठौं अनसनको १५औं दिन आइतबार राति डा. केसी र सरकारी वार्ताटोलीबीच टिचिङ अस्पतालमै भएको सम्झौता हस्ताक्षरमा केसी आफैले हस्ताक्षर गरेका थिए । सरकारका तर्फबाट भने स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै आज सोमबार डा. केसीले आधा महिना लामो अनसन तोड्ने भएका बताइएको छ । संझौता गर्दाको बखत नै अनसन तोड्न उपस्थितले अनुरोध गरे पनि उनले भने समर्थक तथा शुभचिन्तक सबैसंग सोधेर मात्र अनसन तोड्ने केसीले बताएका थिए । सरकार र केसीबीच भएको चाबुंदे सम्झौताअनुसार मनमोहन अस्पतालको स्वयम्भुस्थित भवन र दहचोकस्थित बेसिक साइन्स भवन वीर अस्पतालअन्तर्गत सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।