0 COMMENTS

श्रावण ९, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको शीतल निवास स्रोतले जनाएको छ । त्यसपछि संसद भवन पुगेका प्रधानमन्त्रीले केहीबेरपछि राजीनामा घोषणा गर्दैछन् ।

संसदमा सत्तासाझेदार माओवादीकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसद फेस गर्ने बताउँदै आएका थिए । संसदमा आफ्ना कुरा राखेपछि प्रधानमन्त्रीले राजीनामा घोषणा गरेका हुन् । आखिरी समयमा सत्तासाझेदार फोरम लोकतान्त्रिक, राप्रपा र समाजवादी जनता दलले पनि समर्थन फिर्ता लिंदै अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका थिए ।

ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।

इ कान्तीपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।