0 COMMENTS

nawayug-shresthaकाठमाडौँ, ६ साउन/फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आज आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै ‘पिपुल्स च्वाइस अवार्ड’ पुरस्कार टेबलटेनिसकी नविता श्रेष्ठले जितिन् । यी तीनै विधाका विजेताले एक एक थान पल्सर मोटरसाइकल हात पारे ।

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका अञ्जन विष्ट घोषित हुँदा उत्कष्ट प्रशिक्षकको पुरस्कार पनि फुटबलकै बालगोपाल महर्जनले प्राप्त गरे । साथै पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरिन् । त्यस्तै ‘स्पेसल अवार्ड’बाट अखिल नेपाल फुटबल सङ्घका पूर्व कावा अध्यक्ष स्व ललितकृष्ण श्रेष्ठलाई पुरस्कृत गरियो ।

त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट फुटबलका पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकार पुरस्कृत भए । यी पाँचै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र ‘पिपुल्स च्वाइस’ विधा प्रत्येकमा पाँच पाँच जना मनोनयनमा परेका थिए ।

अन्य विधाका विजेता कार्यक्रममै घोषणा गरिएको थियो । तेह्रौंँ संस्करणको यस सम्मानमा आठ विधा समावेश गरिएको थियो । राष्ट्रिय फुटबल टोलीलाई भने ‘टिम अफ द इयर’बाट सम्मान गरिएको थियो ।नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एउटा उल्लेखनीय सफलता दिलाउन नवयुग श्रेष्ठकाे मुख्य योगदान रह्यो। बंगलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधी नेपाललाइ दिलाउन सेमिफाइनलमा ३ र फाइनलमा १ गाेल श्रेष्ठले गरे ।
२६ वर्षे यी युवाले गत वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्। यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो।

पाेस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्याे गोलमा परिणत भएको थियो। त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।