विचार निरन्तर प्रवाह हो । विचार आफै समय र मागअनुसार परिभाषित र परिमाजिर्त हुदै जान्छ । तर, विचार कहिल्यै मर्दैन । त्यसमा पनि समाजका पक्षमा, देशका पक्षमा, समग्र मानव सभ्यताका पक्षमा केन्द्रित विचार अजेय र कालजयी हुन्छ । नेपालका सन्दर्भमा थोरै मात्रै विचारकहरू जन्मिएका छन् । राजनीतिक रूपमा आरम्भको कुरा गर्दा पृथ्वीनारायण शाह कुशल सङ्गठक, परिचालक, अभियन्ता र विचारकथिए । तत्कालीन समयका े कसीमा हर्नेे हो भने उनी राजनेतामा हनु पर्ने सबै गुणका अनुपम सङग्म थिए भन्न सकिन्छ । नेपालको लोकतन्त्रको मियो चिन्तक विपी कोइराला नै हुन् । राष्ट्र र राष्ट्रवादको चेतना पृथ्वीनारायणमा रहेको पाइन्छ भने नेपाली नागरिक माझ पुर्याएर त्यसमा पराण भर्ने चेतनाको विस्तार विपी कोइरालाले नै गरेका हुन् ।
विपी कोइरालाले आधुनिक नेपाली राजनीतिमा राष्ट्रियतासग राजनीतिक स्वतन्त्रता र सामाजिक न्यायलाई समेत अन्योन्याश्रित गराइदिए । विपी कोइरालापछि नेपालको साम्यवादी आन्दोलनका आरम्भ विचारक पुष्पलालले विचारको श्रखृंलामा विशिष्ट योगदान दिएका छन । नेपालको भूमिमा जन्मेर संसार छाएका शान्ति र अहिंसाका पुजारी गौतम बुद्धको नामले नेपाललाई जसरी चिनाएको छ त्यसरी नेपाल चिनाउने क्षमता अरु कसैमा नदेखिए पनि पृथ्वीनारायण शाह, विपी कोइराला र पुष्पलालले आधुनिक नेपाली राजनीतिको धरातललाई विचार सम्पेषण गरी ऊवर्र बनाएको कुरा सर्व सिद्ध छ ।
विपीले नागरिक तत्वलाई केन्द्रमा राख्ने काम गरे । जनता सँग राष्ट्र र राष्ट्रियता जोडिएको हुनाले जनता सर्वपरि हुने विचारलाई विपीले नै प्रसार गरको हुन् नेपाली माझ । यसअघि जनतालाई गौण सम्झने परम्परा थियो ।अहिले पनि परम्परागत निरङ्कुशतामा विश्वास गर्नेहरूले राष्टलाई पहिलो केन्द्रमा राख्ने वहानामा जनतालाई उपेक्षित गरिरहेका हुन्छन् भने जनताको नाममा एकाधिकारवादी सोच र सत्ता कायम गर्न खोज्नेहरूले राष्ट्र र जनता दुवैका विपरीत काम गरिरहेका हुन्छन् । तर जनतालाई केन्द्रमा राखेर राष्ट्र, राष्ट्रियता, विकास शान्ति र सामाजिक न्यायको विषयलाई अघि बढाउनेहरू लोकतन्त्रका पक्षमा बलियो रूपमा प्रस्तुत हुने गर्दछन् ।
विपी कोइरालाको पक्ष त्यही लोकतन्त्र हो । लोकतन्त्र प्रणाली मात्रै निश्चय पनि होइन । यो अभ्यास हो । आचरण हो । सभ्यता र निर्माण हो । लोकतन्त्र जीवन पद्धति हो । लोकतन्त्र स्थापना गर्न कठिनाइ हुुदैन तर लोकतान्त्रिक आचरण स्थापना गर्न कठिन हुनेछ । लोकतन्त्रवादी हुन जति कठिन छ लोकतान्त्रिक हुन अझ कठिन छ । विपी कोइराला लोकतन्त्रवादी मात्रै थिएनन् उनी लोकतान्त्रिक पनि थिए । विपीले लोकतन्त्रलाई जीवन पद्धति बनाउने काम गरेका थिए । उनले लोकतान्त्रिक सभ्यताको जग बसाउने प्रयास गरेका थिए । सौभाग्यवश यो पंङ्क्तिकार विपीको सानिध्यता छोटो समय भए पनि पाउनेमा पर्दछ ।
म त्यसबेला राष्ट्र पुकारमा काम गर्थें । हामी सबैका अगज्र होम नाथ दाहालले सम्पादन तथा प्रकाशन गरिरहेको राष्ट्र पुकार साप्ताहिक प्रजातान्त्रिक प्रणाली स्थापनार्थ विपी विचारलाई आफ्नो लक्ष्य बनाएर प्रकाशित भइरहेको थियो । ०३५ सालमा औपचारिक पत्रकारिताको समुद्रमा पौडी खेल्न लागेपछि लगत्तै म राष्ट्र पुकारमा संलग्न भएको हु । प्रजाातान्त्रिक आन्दोलनको एक सशक्त दैनिक नेपाल टाइम्सबाट ०३५ को जेठमा मैले पत्रकारिता सुरु गरेको थिए । ०३६ को भदौ देखि मैले राष्ट्रपुकारमा काम गर्न लागेपछि मेरो आफ्नै उद्देश्यलाई पनि विपीका विचारसग साक्षात् हुन सहज भयो ।
०३१ सालदेखि लोकतान्त्रिक आन्दोलनमा संलग्न भएको हुनाले विपीलाई पढ्न मैले थालिसकेको थिए । सानोमा पहाडमा विपीबारे धेरै नकारात्मक कुरा सुनेको बालमस्तिष्कमा विपी एकै पटक छाउन पुगे । पञ्चायती प्रहारका बावजुद विपी विचार विश्वासका साथ हामी धेरैको मनमा स्थापित भइसकेको थियो । विपीका सन्देश बोकेर धेरै युवाहरू आन्दोलनमा÷क्रान्तिमा होमिइरहेका थिए । विपीका विचारलाई परिभाषा गर्न सीके प्रसाइको कलम सक्रिय थियो । नेपाली समाजमा, नेपाली माटोमा प्रजातन्त्र, समाजवाद, राष्ट्रियताजस्ता सिद्धान्तहरूसगै परिभाषित हुदै थिए । हामी जस्ता परिवर्तनको सपना बोकेर हिडेका नयाँ पुस्ता त्यस आकर्षणसँग चुम्बकले तानिएझै तानिदै गएका थियौ।
विपीलाई प्रत्यक्ष देख्ने सपना ०३५ बाट पूरा भयो र यो क्रम उहाको पार्थिव अवसान ०३९ साउन ६ नभएसम्म निरन्तर रहनपुग्यो । ती चार वर्षमा मैले विपीलाई केही मात्रै पढन् सके ।
नेपाल विद्यार्थी सङघ्को राजनीति, राष्ट्र पुकारको पत्रकारिता र आफ्नो औपचारिक पढाइ सगै लैजानेपर्ने हुनाले पनि समय दिन पाइएन होला ।तर ०३६ सालको जनमत सङ्ग्रहमा बहुदलका पक्षको अभियान गर्दा होस् कि त्यसपछि ०३७ को संविधान अस्वीकार गर्न अभियान हासे विपीसग सगै यात्रा गर्ने अविस्मरणीय अवसर प्राप्त भयो । आज मेरा लागि ती स्मृतिहरू जहिले पनि मार्ग निर्देशक भइरको जस्तो लाग्दछ । विपीले राष्ट्रियता र प्रजातन्त्रलाई छुट्याएनन् । यी दुई मान्यताहरू एक रथका दुई पाङ्ग्रा हुन् भन्ने विचार विपी चिन्तनको महत्वपूर्ण धार हो । यसमा उनले सामाजिक न्यायलाई समाजवादी कार्यक्रमको आधारमा थपगर्ने अर्को विशिष्ट काम गरे ।
पछिल्लो चरणमा विपीले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन गरी देशलाई सम्भावित मुठभेट, सम्भावित विदेशी हस्तक्षेप र अराजकताबाट जोगाउन भरमग्दुर प्रयास गरेका हुन् । आज पनि राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता यथावत् छ । यद्यपि राजसंस्था पतन भइसकेको छ ।तर निरङ्कुशताको भय, विदेशी हस्तक्षेपको सम्भावना र अराजकताको पुनरावृत्ति जे पनि हुने सङ्केतहरू विद्यमान छन् । यसैकारण मेलमिलाप अनिवार्य छ । पात्रहरू भिन्न भएका होलान् । परिस्थितिमा अन्तर आएको छैन । आज देखिएको चरमजातिवाद, उग्र क्षेत्रीयतावाद र निरङ्कुशतावादको भयलाई निषेध गर्ने हो भने मेल मिलापको सिद्धान्त उत्तिकै सान्दभिर्क देखिन्छ । विपी राजनीतिको कोरा आदर्शपात्र थिएनन् । मानवीय विवेक र हृदयको वाणी बोल्ने नेता थिए ।
त्यसैको प्रतिबिम्बन हो साहित्यमा आफूलाई बन्धनहीन बताउदै सबैलाई असल बन्ने शिक्षा दिनु । मोदि आइनमार्फत उनले संसारलाई शान्ति, सद्भाव र असलतत्वको पक्षपोषण गर्न आग्रह गर्न पुगेका छन् विपी । मैले विपीलाई निकै नजिकबाट हेर्नेे अवसर पाउदा मैले विपीलाई विवेकको पुञ्ज अनुभव गरेको थिए । उनी स्वतन्त्रताको सीमाहीन आदर्शका पक्षमा थिए । त्यसैले आफू प्रधानमन्त्री रहेका समयमा उनले अभिव्यक्ति स्वतन्त्रताको उत्कर्ष अभ्यास गर्न नेपाली पे्रस लाई सरकारी सहयागे गर्न आरम्भ गरको हनु ।उनले आरम्भ गरेको सरकारी सुविधा आज पनि नेपाली प्रेसका लागि निरन्तर छ । अत्यन्त सभ्य, शिष्ट र तर्कका आधारमा गुण दोषलाई केलाउने र सूचनाका आधारमा निष्कर्ष निकाल्ने बानी विपीको अनुकरणीय थियो ।
मसिना कुरामा पनि उनको ध्यान गइरहेको हन्ुथ्यो । विपीसग जिल्ला भ्रमण गर्ने क्रममा कहिल्यै पनि कुनै महान् नेतासग मात्रै होइन सबभन्दा माया गर्ने अभिभावकसग हिडिरहको अनभुव मैले गरेको छु ।हामी साना भए पनि हरसमय छलफल गनर्,े बाहिरी सुचनागह्रण गर्न तर्कहरु सुन्ने र सूक्ष्म विश्लेषण गर्नेबानी विपीमा थियो । विपीलाई अझै पढ्न सकिएको छैन । उहाका विचारको प्रयोग हुन सकिरहेको छैन । अब त राष्ट्र नै खण्डित हुने सन्धिबिन्दूमा पुगेको अवस्था छ । राष्ट्रियताको नया परिभाषा हुदैछ । लोकतन्त्रमा अनेक आयामहरू जोडिदै गएका छन् । मेलमिलापको विषय दुर हुदै छ । स्वयम विपीका अनुयायीहरू क्षयीकरणतर्फ छन् ।
प्रजातन्त्र, राष्ट्रियता र सामाजिक न्यायका विरुद्ध यो वा त्यो रूपले लाग्नेहरू त विपी बिरुद्ध रहने नै भए । यसैकारण विपीलाई गहिरोसग बुझ्ने र लोकतन्त्रको आचरण गर्ने काम आजका विपीका अनुयायीहरूबाट जरुरी छ । तर विपीका अनुयायी आज कति छन् बत्ती बालेर खोज्ने बेला भएको छ । कम्तीमा पनि नेपाली काङग्रेस को नया पुस्ताले प्रजातन्त्रवादी किन घट्तैछन् र किन निरङ्कुशतावादमा विश्वास गर्नेहरू जनता माझ शक्तिशाली हैदै छन? उत्तर खोज्न पनि विपीलाई एकपटक पुन रावत्तृ गर्नुपदर्छ । आशा गरौ विपीको सम्झना गर्दा हाम्रो मन अलिकति भएपनि छट्पटाओस राष्ट्रियता, समुदायबीच सद्भाव,अधिकार र स्वतन्त्रतासहित सामाजिक न्यायको बाटो खुला हुनेछ । विपीका विचारको चर्चा गरिरहदा र उहाप्रति सम्मान प्रकट गरिरहदा हामीले गरिरहेको प्रार्थना यसैका लागि हो ।