झापा, ५ साउन । झापाको बुधबारेमा घाँटी रेटेर एक वालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ बर्षकी तनुजा कोइरालाको आफै मावली घरमा गएराति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । ५ दिन अघि बुधबारे–५ निवासी इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मवली आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्