0 COMMENTS

upendra_yadavकाठमाडौँ ४, साउन ।  कांग्रेस–माओवादी केन्द्र गठबन्धनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्याद गुज्रिएको औषधि साे सरह भएको भन्दै उनीबाट ठूलो आशा गर्ने अवस्था नरहेको बताए। यद्यपि, अहिलेको सरकार ढलेर नयाँ सरकार बनेपछि संघीय गठबन्धनले उठाउँदै आएका माग सम्बोधनका लागि सहज वातावरण बन्ने उनको दाबी छ।

संघीय गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने काँग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारलाई सहयोग गर्ने तर अाफ्नाे पार्टि नयाँ सरकारमा सहभागी नहुने   बताएका छन्।

 रिपोर्टस क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधानका लागि नयाँ सरकारलाई सहयोग गर्ने बताएका हुन्। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।