0 COMMENTS

 साउन,४ काठमाडौं।काठमाडौं–कांग्रेसमा दारी र सारीको प्रसंग पुनर्जीवित भएको छ । सभापति देउवालाई केन्द्र बनाएर दारी र सारीको प्रसंग ब्यूझिएको हो ।

दारी भनेको विमलेन्द्र निधी र सारी भनेको आरजु देउवा हुन् । अहिले कांग्रेसभित्र निधि र आरजुको चकचकी भएको जानकारहरु बताउँछन् ।

उनीहरु भन्छन्, ‘देउवाको एउटा आँखा निधि र अर्को आँखा आरजु हुन् । मुख पनि यी दुई हुन, हातगोडा पनि यी दुई नै हुन् ।

कांग्रेसमा निधी र आरजु सर्वशक्तिमान भएर उदाएका हुन् । देउवाले कुनै पनि निर्णय गर्दा यी दुईलाई सोधेर मात्र गर्छन् र देउवाको तर्फबाट पनि यी दुर्वले निर्णय गर्नेछन् ।

देउवाले पत्नी आरजुलाई विश्वास गर्नु स्वाभाविक हो तर यावत राजनीतिक काममा आरजुले आफैं सभापति हुँ जस्तो गर्न थालेपछि देउवा समूहमा समस्या आएको बुझिन्छ । आजको साँघु साप्ताहिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।