0 COMMENTS

 साउन,४ काठमाडौं।तपाई सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउँदै हुनुहुन्छ ? वा म्याद सकिएर नवीकरणको तयारीमा हुनहुन्छ ? त्यसो हो भने तपाइलाइ झट्का लाग्ने खबर छ ।

यातायात व्यवस्था विभागले यहि साउनको सुरुवातसँगै लाइसेन्सको आवेदन गर्दा, नयाँ लिँदा र नवीकरण गर्दा लाग्ने दस्तुरमा भारी वृद्धि गरेको छ । लाइसेन्स लिन लिखित परीक्षाको फारम भर्दा यसअघि लाग्ने गरेको शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ पुर्याइएको छ ।

नेपाल राजपत्रमा प्रकाशित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचना अनुसार मोटरसाइकल र स्कुटरको लाइसेन्स लिँदा र नवीकरण गर्दा यसअघि लाग्ने गरेको ७ सय रुपैयाँलाई बढाएर १५ सय रुपैयाँ पुर्याइएको छ ।

ठूला सवारीका लागि ३ हजार, मझौला सवारीका लागि २५ सय र मोटरसाइकल र स्कुटर बाहेकका साना सवारीका लागि लाइसेन्स लिँदा र नवीकरण गर्दा २ हजार रुपैयाँ तिनुपर्नेछ । एउटै चालक अनुमति पत्रमा एक भन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका व्यक्तिका हकमा सबैभन्दा बढी तस्तुर लाग्ने सवारीको नवीकरण दस्तुर लाग्ने मन्त्रालयले जनाएको छ । अनुमति प्रतिलिपी दस्तुर पनि बढाएर ५ सय रुपैयाँ पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।