0 COMMENTS

 

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार साँझ आफू संविधानसम्मत रूपमा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको बताएपछि देउवा र दाहालले भने कुनै समस्या नरहेको जवाफ दिए ।
आफूविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओलीले देउवा र दाहाललाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । उक्त भेटमा नयाँ सरकार गठनका लागि संविधानको व्यवस्थाबारे दुवै पक्षबाट फरक–फरक मत व्यक्त भएको थियो । यसअघि दुवै पक्षले आफूनिकट कानुन व्यवसायीसँग परामर्श लिएका थिए । कानुन व्यवसायीले पनि आ–आफ्नो अनुकूल संविधानको व्याख्या गरिदिएका छन् ।
देउवा र दाहालसँग भएको भेटमा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनमा आफू बाधक नबन्ने बताए पनि संवैधानिक अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई स्पष्ट गर्नुपर्ने धारणा सुनाए । दाहाल र देउवाले भने नयाँ सरकार गठनका लागि संवैधानिक अस्पष्टता नरहेको जिकिर गरेका थिए ।
“म राजीनामा दिन्नँ, संविधानसम्मत रूपमा अघि बढ्छु,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार प्रमोद दाहालले कारोबारसँग भने । छलफलमा प्रधानमन्त्रीले संसद्को सम्मान गर्ने स्पष्ट पार्दैै संसद् विघटन भने नगर्ने बताएका थिए । प्रक्रियासम्मत रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनको भनाइ थियो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।