0 COMMENTS

काठमाण्डौ ४साउन | प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि आफ्नो नेतृत्वको सरकार २०७४ माघसम्म चल्ने बताएका छन्। सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा गर्नुको कुनै अर्थ नरहेको भन्दै संसद विघटन नगर्ने प्रष्ट पारेका छन्।

‘आफू संविधान अनुसार चल्ने हो, उनले भने, ‘संविधान अनुसार आफ्नो नेतृत्वको सरकार २०७४ माघसम्म रहन्छ।’
प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावलाई देशविरुद्धको षड्यन्त्रको भनेका छन्। उनले भने, ‘देशको हितमा भएको भए स्यालुट गरेर छाड्थें। तर, देशविरुद्धको षड्यन्त्र भएकाले च्यालेन्ज गरेर मात्र छाड्छु।
 संसद विघटन गर्नु हुन्छ भनीन्छनी  भन्दा  उनले भने,मैंले किन संसद विघटन गर्नु? खेल हुने मैदान नै मासेपछि कहाँ खेल्नु? म मैदान मास्दिँन। संविधान संवत ढंगले अघि बढ्छु।’

प्रधानमन्त्री ओलीले कांग्रसले तीन दलबीच भएको सहमति उलंघन गरेको आरोप लगाए। ‘संविधान निर्माणका क्रममा संविधान बन्दासम्म कांग्रेस र संविधान बनेपछि अर्को चुनावसम्म एमालेले एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो तर, पछि कांग्रेसले मानेन,’ उनले भने, संविधानमा त्यस्तै लेखियो, हटाउने खालको व्यवस्थै भएन।
उनले संविधानमा आफ्नो नेतृत्वको सरकार हटाउने कुनै व्यवस्था नै नभएकोले यो सरकार नै २०७४ माघसम्म कायम रहने दाबी गरे।
‘उहिले धर्ती छोड्न तयार भएको मान्छेलाई कुर्सी कुनै ठूलो कुरो होइन,’ ओलीले भने,‘जसलाई जतिखेर जस्तै चाहियो र जस्तो षड्यन्त्र हुन्छ, त्यसलाई सफल पार्ने मेरो काम होइन।’
ओलीविरुद्ध कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र सभामुख ओनसरी घर्तीले त्यसमा छलफलका लागि साउन छ गतेको समय तोकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।