0 COMMENTS

Mahantha-Upendra-Rajendra-Yadavकाठमाडौं, २ साउन । कांग्रेस-माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा केन्द्रित छ।

मधेसी मोर्चा र संघीय गठबन्धन नेतृत्वकर्तासँग औपचारिक/अनौपचारिक भेटलाई तिब्र बनाएका कांग्रेस माओवादी नेताले सहमतिको आधार सातबुदे सम्झौतामा समेत मधेसका सवाललाई पहिलो प्राथमिकतामा राखेका छन् ।

पहिलो नौ महिनाका लागि प्रधानमन्त्री प्रस्ताव गरिएका प्रचण्ड तीन चार दिन यता मोर्चाका नेता फकाउन आफू मात्र नभइ आफ्नो टिमलाई नै परिचालन गरिरहेको अवस्था छ ।

दाहाललको सक्रियतापछि मोर्चाका कतिपय घटक सकारात्मक भएको माओवादी नेताको दाबी छ । नागरिक दैनिकमा रूद्र खड्काले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।