0 COMMENTS

govindaकाठमाडौं, १ साउन । त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप शनिबार राजधानीमा स्वतस्फूर्त जुलुश प्रदर्शन गरिएको छ ।

डाक्टर, नर्स, चिकित्सा विज्ञान अध्यरत विद्यार्थी तथा सर्वसाधारणहरु स्वतस्फूर्तरुपमा र्‍यालीमा सहभागी भए । माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली एभरेष्ट होटल पुगेपछि र्‍यालीमै सहभागी डाक्टरहरुले प्रतिकात्मक बिरामी बनाइ सडकमै चेकजाँच गरे ।

र्‍यालीमा सहभागीमध्ये कतिपयले शरीरमा ‘आई एम विद् डाक्टर केसी’ लेखेका थिए भने केही केसीको माग पूरा भन्ने आसयका प्लेकार्ड बोकेका थिए । ‘केसीको अनसन, माफियालाई टेन्सन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’, जस्ता नारा जुलुशमा सुनिएको थियो ।

चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागलगायतका माग राख्दै विगत ७ दिनदेखि डा. केसी अनसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।