0 COMMENTS

20-rsकाठमाण्डाै ३१, असार/२० रुपैंयाको नोट नियालेर हेर्नुहोस त ? यदि तपाई नेपाली भाषा र व्याकरणको क्षेत्रमा थोरै मात्र जानकार हुrs-20-koनुुहन्छ भने त्यहाँ दुई प्रकारका गभ्भीर भाषिक त्रुटी भेट्न सक्नुहुन्छ ।

हो,विगत चार वर्ष देखि यही भाषिक त्रुटीले राष्ट्रबैंक र अर्थ मन्त्रालयका अधिकारीहरुलाई टाउको दुखाउदै आएको थियो । भाषविद्हरुले रु २० को नोटमा रहेको व्याकरणीय त्रुटीका बारेमा पटक पटक सच्याउन आग्रह गरे पनि बल्ल चार वर्ष पछाडि अर्थमन्त्रालय आफ्नो गल्ती सच्याउन तत्पर भएको हो ।

यही गल्तीलाई सच्याउन अहिले अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंक लागिपरेको छ ।

अर्थ मन्त्रालयका अधिकारीका अनुसार २०६९ सालमा बजारमा ल्याइएको रुपैंया २० को नोटमा दुईवटा गभ्भीर भाषिक त्रुटी फेला परेसँगै त्यसलाई परिवर्तन गर्न मन्त्रालय लागिपरेको हो ।

 

चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा ब्याकरणीय त्रुटी फेला परेको छ । २० को नोटमा भेटिएको दुईवटा व्याकरणीय गल्तीलाई नयाँ नोटमा भने सच्याउने प्रस्ताव गरेको अर्थमन्त्रालयका ति अधिकारीले बताए ।

यसैगरी, २०६९ सालदेखि डिजाइन भई बजारमा आएको नोटमा रहेको व्याकरणीय सुधार समेत गरिने बताइएको छ ।यही क्रममा २० रुपैयाँको नोटको डिजाइन समेत परिवर्तन हुने बताइएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा नोटको पुरानो डिजाइनमा केही परिवर्तन गरेर बजारमा ल्याउने तयारी थालिएको हो ।

बाह्रसिंगे संरक्षण गर्ने

यद्यपि अर्थमन्त्रालयका ति अधिकारीले भने व्याकरणीय त्रुटी भन्दा पनि वाह्रसिंगे संरक्षण गर्ने उदेश्यले रु २० को नोट परिवर्तन गर्न लागिपरेको बताएका छन ।मन्त्रालय स्रोतका अनुसार अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको तस्वीर हट्नेछ र बाह्रसिङ्गेको तस्वीर राखिनेछ । नेपालमा पाइने भए पनि बाह्रसिङ्गे नेपालको शुक्लाफाँटमा मात्र पाइन्छ र यो लोपोन्मुख जनावर समेत हो । यसको संरक्षणको सन्देश दिने उद्देश्यले समेत नोटमा तस्विर राख्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।