काठमाडौं, ३१ असार । त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कदै गएको छ ।
गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा हुनुपर्ने मुख्य मागसहित अनशन बसेक केसीको स्वास्थ्य अवस्था खस्किएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । अनशनको पाँचौं दिन बिहिबार उनको रगतमा ४ देखि ७ सम्म हुनुपर्ने चिनीको स्तर २।२ मिलिमोल प्रतिलिटर मात्र थियो भने रगतमा क्रिएटिनिनको स्तर पनि ११० माइक्रोमोल प्रतिलिटर छ ।
उनको श्वासप्रश्वासमा समस्या, तीव्र धड्कनसँगै छाती दुख्ने समस्या पनि बढ्दैै गएको छ । पाँच दिनदेखि केही नखाएका कारण यस्तो समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्