0 COMMENTS

असार ३१, नयाँ दिल्ली । भारतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न आफ्नो संलग्नता नभएको जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारतको हात छ भनी बिहीबार अभिव्यक्ति दिएका छन् नि भन्ने प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले इन्कार गरे ।
नियमित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने,‘मैले त्यस्तो अभिव्यक्ति दिएको पाएको छैन ।

त्यस्तो अभिव्यक्ति दिएको भए हामी त्यसलाई ठाडै अस्वीकार गर्छौ ।’ भारतले नेपालमा पछिल्लो पटक भइरहेका घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भन्दै यस विषयमा कुनै औपचारिक प्रतिक्रिया नदिने बताएको छ । प्रवक्ता स्वरुपले नेपालको आन्तरिक मामिला भएकाले यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।