0 COMMENTS

असार ३१, काठमाडौं । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ । बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका सबै ग्यास सिलिन्डर साउन १ देखि ७ गतेसम्म साट्न व्यवस्था मिलाइएको जानकारी दिए ।

‘विभिन्न ग्यास विक्रेता तथा डिपोले सिलिन्डर साट्नका लागि अनावश्यक रकम लिइरहेको गुनासो उपभोक्ताबाट आइरकेको छ,’उनले भने,‘अब उपभोक्ताले कुनै पनि शुल्क नतिरी सहजै साट्न पाउनेछन् ।’

आपूर्ति मन्त्रालय र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले काठमाडौं उपत्यका बाहिरका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न यसअघि उद्योगलाई निर्देशन दिएका थिए । -कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।