0 COMMENTS

असार ३०, भक्तपुर । बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा एक महिलाको हत्या भएको छ ।

भक्तपुरको सल्लाघारीमा परिवारसँग बस्दै आएकी २३ वर्षीया दीपा कार्कीको हत्या भएको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।हत्या आशङ्कामा प्रहरीले बुधबारैनै अपराह्न दीपाको श्रीमान् २५ वर्षीय विजय कार्कीलाई काठमाडौं विमानस्थलबाटै पक्राउ गरेको उनले बताए । विमानस्थलबाट भाग्न लागेको अवस्थामा प्रहरीले कार्कीको मोबाइल ‘ट्र्याक’ गरेर पछ्याउँदै पक्राउ गरेको र उसको कपडामा रगत लागेकाले हत्या श्रीमान्बाटै भएको हुनसक्ने बताएको छ ।

घटनास्थल पुगेका महानगरीय प्रहरीवृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले बुधबार दिउँसो हम्मरले टाउकामा हानेर हत्या गरेर श्रीमान् फरार भएको प्रारम्भिक अनुमान गरिएको बताए । मृतकको टाउकामा हम्मरले हानेर गम्भीर चोट लागेर मृत्यु भएको जानकारी दिँदै उनले मृतकका सासूससुरा दुई वर्षीय र चार वर्षीय छोरा थानकोटमा विवाहमा गएको मौका पारेर घरको पहिलो तलामा हत्या गरेको पाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

हत्या आशङ्कामा पक्राउ परेका मृतकका पति विजयलाई प्रहरीवृत्त जगातेमा राखेर अनुसन्धान सुरु गरिएको छ । मृतकको शवलाइ साँझ परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।