0 COMMENTS

Lokendraकाठमाडौं ३०,असार। राप्रपा नेपालका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले छोरा जयन्तलाई मन्त्री बनाउन नयाँ सत्ता गठबन्धनसँग छलफल थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चन्दले छलफल  गरेकाे स्रोतले बतायाे।

नयाँ गठबन्धनलाई राप्रपाको सहयोग रहने बचन दिँदै चन्दले आफ्नो पार्टीलाई तीन मन्त्रालय दिन आग्रह गरेका छन् । कांग्रेस सभापति देउवा निकट स्रोतका अनुसार उनले बुधबार साँझ दुवै नेतासँग छलफल गरेका हुन् । देउवा र प्रचण्ड दुवैजनासँग उनले तीन मन्त्रालय मागेका छन् ।
लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वर्तमान सरकारमा पनि बाणिज्यमन्त्री छन् । छोरालाई फेरी मन्त्री बनाउन चन्दले लबिङ थालेका छन् । उनले नयाँ सत्ता गठबन्धनलाई सहयोग गर्ने बचन पनि दिइसकेका छन् ।
कांग्रेस माओवादीको नयाँ गठबन्धनलाई सहयोग गर्न माओवादी नेता बर्षमान पुन अनन्तले मंगलबार नै चन्दलाई आग्रह गरेका थिए । मंगलबार कुनै ठोस जवाफ नदिएका चन्दले बुधबार आफै नयाँ गठबन्धनलाई सहयोग गर्ने बचन दिएका छन् ।
उता एकीकरणको अन्तिम तयारीमा रहेको राप्रपा नेपालले भने दाहाल–देउवा गठबन्धनलाई सहयोग नगर्ने निर्णय लिइसकेको छ । राप्रपा र राप्रपा नेपालबीचको एकीकरण अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।