असार २९, प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा अविश्वाशको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन ।
अविश्वासको प्रस्ताव दर्ता गराउने काग्रेस र माओवादीका संसदहरुको संख्या जम्मा २५१ छ उनीहरुलाई गणेश साह अध्यक्ष रहेको नेकपा संयुक्तले समेत साथ दिएको छ । नेकपा संयुक्त पार्टीको संसदमा ३ सिट छ । यो समेत गरी अविश्वाशको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २५४ पुगेको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्